निर्माणाधीन चिदीपानी वडा कार्यालय भवनको दोस्रो तला ढलान सम्पन्न

0
504

पाल्पा । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीको निर्माणाधीन वडा कार्यालय भवनको दोस्रो तलाको ढलान कार्य सम्पन्न भएको छ ।

चिदीपानीमा निर्माणाधिन वडा कार्यालय भवन निर्माण कार्यले तीव्रता पाएको छ । गणेश निर्माण सेवाले बोलपत्रमा सहभागी भई १ करोड १७ लाखमा उक्त भवन निर्माणका लागि सम्झौता गरेको थियो । भवन निर्माण कार्यको झण्डै ६० प्रतिशत काम सम्पन्न भएको र यही चैत मसान्तभित्र कार्य सम्पन्न गर्ने योजना रहेको बताइएको छ ।

हाल चिदीपानीमा सानो भवनबाट वडा कार्यालयको सेवा प्रदान हुँदै आएको छ । नयाँ भवन निर्माण कार्य सम्पन्न भएपश्चात थप व्यवस्थित रुपमा सेवा प्रवाहका लागि सहयोग पुग्ने वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । ३ रोपनी १ आना क्षेत्रमा वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण हुँदैछ । वडाध्यक्ष पन्थीले वडा कार्यालय भवनको गुणस्तरीयताका लागि गाउँपालिका र वडा कार्यालयको तर्फबाट बिशेष रुपमा निरीक्षण र अनुगमन हुँदै आएको बताउनुभयो ।

वडा कार्यालय भवन निर्माण कार्यको शुक्रवार माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी र उपाध्यक्ष बिष्णुमाया लुङचे सहित वडाध्यक्ष राजकुमार पन्थी लगायत जनप्रतिनिधि र सरोकारवालाहरुले निरीक्षण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here