• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 19, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home अर्थ र पर्यटन कृषि

यान्त्रिकरणको उपयोग गर्दै बगनासकालीका किसान

palpasamachar by palpasamachar
January 19, 2024
in कृषि, प्रविधि, शीर्ष समाचार
0
यान्त्रिकरणको उपयोग गर्दै बगनासकालीका किसान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । बगनासकाली गाउँपालिकाका किसानहरुले कृषि उद्यम कार्यमा पछिल्लो समय यान्त्रिकरणको भरपुर उपयोग गर्दै आएका छन् । यसरी यान्त्रिकरणको उपयोगसँगै आफूहरुको समय र आर्थिक दुबै बचत भएको किसानहरुको भनाई छ ।

बगनासकाली–९ चापपानी झिरभञ्जाङका पारसमणी बस्यालले केही वर्षअघिसम्म हल गोरुले जोत्ने खेतबारीमा अहिले हाते ट्याक्टरको पहुच पुगेको बताउनुभयो । उहाँले बगनासकाली गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर लिनुभएको थियो । उहाँसँग अहिले कुटानी पिसानी मिल पनि छ । उक्त मिल पनि गाउँपालिकाले नै ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको पारसमणीले बताउनुभयो ।

बगनासकाली गाउपालिकाले कषि यान्त्रिकरणमा विशेष जोड दिदै आएको छ । परम्परागत गोरू, हलोजुवा, ढिकी, जातो बिस्तापित हुदै जाँदा ट्याक्टर, मिनि टिलर, सहज खालका कुटानी पिसानी मिलको प्रयोग बढेको किसानहरुको भनाई छ ।

खानीछाप मलेङका यादव न्यौपाने गाउँपालिकाबाट हाते ट्याक्टर ल्याइसकेपछि खेतीपाती गर्न सहज भएको बताउनुभयो । एकातिर समय बचेको छ, अर्कोतिर केही आयआर्जन पनि भएको छ र बचेको समयमा घरायसी काम र सामाजिक पनि गर्न सकिएको छ । न्यौपानेले भन्नुभयो ।

बगनासकाली गाउँपालिकाले किसानहरुको माग संकलन गरी आवश्यकता पहिचानको आधारमा यान्त्रिकरणमा अनुदान उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा कृषि यान्त्रिकरण कार्यक्रम अन्तरगत गाउपालिकाबाट १७ वटा मिनिटिलर अनुदानमा बितरण गरिएको छ । त्यस्तै वडा नं. १ स्वीकृत कार्यक्रम अन्तरगत कुटानी पिसानी मिल १८ वटा वितरण गरिएको छ । त्यस्तै मकै प्रवर्धन कार्यक्रम अन्तरगत गाउँपालिकाट मिनिटिलर ४ वटा र कुटानी पिसानी मिल ४ वटा वितरण गरिएको छ ।

कृषि यान्त्रिकरण कार्यक्रम अन्तरगतनै खानीछापामा मिनिटिलर ३ वटा, कुटानी पिसानी मिल ७ वटा वितरण गरिएको छ । वडा नं. ५ दर्लमडाँडामा मिनिटिलर ५ वटा, कुटानी पिसानी मिल ८ वटा वितरण गरिएको छ । वडा नं. ९ चापपानीमा मिनिटिलर ६ वटा, कुटानी पिसानी मिल ५ वटा, धान काट्ने मेशिन ५ वटा वितरण गरिएको छ । त्यस्तै कृषि ज्ञान केन्द्रबमे सहयोग, कृषि शाखाको समन्वयमा बगनासकाली बहुउद्देश्यीय सहकारी मार्फत मार्फत मिनी टिलर ७ वटा, स्प्रे मिसीन ५ वटा,डिजीटल तराजु ३ वटा, चाप कटर ५० वटा वितरण गरिएको छ ।

बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष २०८०,०८१ को नीति तथा कार्यक्रममा आधुनिक कृषि पद्धतीलाई विस्तार गरी परम्परागत निर्वाहमुखी खेती प्रणालीमा सुधार गरिने विषयलाई प्राथमितकता दिइएको छ । एक वडा एक उत्पादन कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने गरी गाउँपालिका र वडा कार्यालयवाट वजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो । उहाँले आधुनिक प्रविधिको उपयोगले किसानहरुलाई धेरै राहत पुगेको र कृषि कर्मप्रति आकर्षण पनि बढेको बताउनुभयो ।

Previous Post

निर्माणाधीन चिदीपानी वडा कार्यालय भवनको दोस्रो तला ढलान सम्पन्न

Next Post

निर्माणाधीन कसेनी स्वास्थ्य चौकी भवनको अनुगमन

palpasamachar

palpasamachar

Next Post
निर्माणाधीन कसेनी स्वास्थ्य चौकी भवनको अनुगमन

निर्माणाधीन कसेनी स्वास्थ्य चौकी भवनको अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version