Site icon PALPA SAMACHAR

निर्माणाधीन कसेनी स्वास्थ्य चौकी भवनको अनुगमन

पाल्पा । माथागढी गाउँपालिका–३ कसेनीमा निर्माणाधिन स्वास्थ्य चौकी भवनको अनुगमन गरिएको छ ।

स्वास्थ्य चौकी भवनको प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेशसभा सदस्य खेम सारु, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, उपाध्यक्ष बिष्णुमाया लुङचे, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे, वडा नं. ३ का वडाध्यक्ष तेज घर्ती सहित जनप्रतिनिधि, कर्मचारी र स्थानीय ब्यक्तिहरुले अनुगमन गर्नुका साथै निर्माण गुणस्तरीयताबारे जानकारी लिनुभएको थियो ।

संघीय सरकारको शसर्त बिशेष कार्यक्रम अन्तरगत निर्माण हुँदै गरेको उक्त भवनको ६० प्रतिशत काम सकिएको माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

अनुगमन समितिकै सामु भवन निर्माणको गुणस्तरीयता जिओ टेष्टिङ समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले माथागढी गाउँपालिकाले स्वास्थ्य क्षेत्रको प्रवर्धनका लागि बिशेष कार्यक्रम बनाएर बजेट समेत व्यवस्था गर्दै आएको बताउनुभयो ।

अनुगमन टोलीले अनुगमनका भवन निर्माणमा क्रममा सुधार गर्नुपर्ने विषयहरुको सुझाव निर्माण कम्पनीका प्रतिनिधि जयन्त बिष्टलाई दिएका थिए । बिष्टले भवनको गुणस्तरीयतामा कुनै कञ्जुस्याई नगरी निर्माण कार्य अगाडि बढाएकाृे बताउनुभयो ।

 

 

 

Exit mobile version