एकल महिला सुरक्षाकोष कार्यान्वयनको लागि ध्यानाकर्षणपत्र

0
420

पाल्पा । एकल महिला सुरक्षाकोष कार्यान्वयनका लागि जिल्लाका बिभिन्न स्थानीयतहरुलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २०७० सालमा एकल महिलाको सशक्तीकरण, क्षमता तथा मर्यादा अभिवृद्धि गरि सामाजिक तथा आर्थिक दृष्टिले कमजोर तथा विपन्न वर्गका एकल महिलाहरुको हित र समरक्षण प्रवर्धनका लागि एकल महिला सुरक्षा कोष स्थापना गरेको थियोे ।

यस कोषबाट लक्षित वर्गका एकल महिलाहरुले उद्धार राहत तथा पुर्नस्थापन, औषधी उपचार कानुनी सहायता, शिक्षा र सिपमुलक तालिम तथा स्वरोजगार कार्य सञ्चालन गर्न सक्ने व्यवस्था रहेको छ । तत्कालीन समयमा जिल्ला स्तरीय समिति गठन गरि महिला बालबालिका कार्यालयको मातहतमा रहि कोष परिचालन समेत भइसकेको थियोे ।

राज्य व्यवस्था संघीय प्रणालीमा गए पश्चात् उक्त कोष सञ्चालनमा आउन सकेन । फलस्वरूप स्थानीय तहमा रहेका थुप्रै विपन्नताको जोखिममा परेका एकल महिलाहरु कोष मार्फत सहयोग लिनबाट वञ्चित भएको व्यहोरा अवगत गराउदै मानवअधिकारको लागि महिला एकल महिलाकी जिल्ला अध्यक्ष तुलसी गैरेले देश भरका ७ सय ५३ वटै स्थानीय तहमा ध्यानाकर्षण गराउने उद्देश्य अनुसार पाल्पा जिल्लाका १० तहमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम बनाइएको बताउनुभयो ।
हालसम्म बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका, रिब्दिकोट गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाइएको अध्यक्ष गैरेले बताउनुभयो । उक्त कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधिहरुले उक्त विषयको कार्यान्वयनमा आफूहरुले गर्नुपर्ने कार्य गर्न तत्पर रहेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here