• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 19, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाको अधिवेशन सम्पन्न

palpasamachar by palpasamachar
January 20, 2024
in शीर्ष समाचार, स्थानीय समाचार
0
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाको अधिवेशन सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाको १४ औं वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रामप्रसाद पन्थीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार तानसेनमा भएको अधिवेशनले सर्वसम्मत रुपमा पन्थीको नेतृत्वमा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा युवराज पन्त, सचिवमा विष्णु प्रसाद खनाल, सहसचिवमा शिव प्रसाद पाण्डे र कोषाध्यक्षमा ज्योती कार्की रहनु भएको छ । त्यस्तै सदस्यमा हरि बहादुर बाह्रघरे, सञ्जय घर्ती, लक्ष्मण भण्डारी, जमुना न्यौपाने, गोपीकृष्ण आचार्य र ज्ञानु पाण्डेलाई चयन गरेको छ ।

साधारण सभा तथा अधिवेशनको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले संघियता कार्यान्वयनमा आए पनि व्यवसायी मैत्री कानुन नआउँदा व्यवसायी सुरक्षामा चुनौती देखिएको बताउनुभयो । उहाँले पुस्तक व्यवसायीहरु मत्रै नभै अन्य व्यवसायीहरु पनि समस्यामा परेको भन्दै तीनै तहका सरकारले व्यवसायी मैत्री कानुन निमाएण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले अस्थिर सरकारका कारण व्यवसायी तथा जनमानसनमा निराशामा छाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्थानीय तहले स्थिर सरकार प्राप्त गरे पनि संघ र केन्द्रले स्थिर सरकार अझै प्राप्त गर्न सकेको छैन । जसका कारण पनि जनतामा निराशा छाउन पुगेको छ ।’ उहाँले अहिले नै अत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । ‘हामीले विकसित मुलुक संग तुलना गरेर द्रुत गतिको विकास चाहेका छौं । तर राज्य संग स्रोत र साधन सिमित छ । त्यसैले पनि निराशा छाएको देखिन्छ ।’ उहाँले भन्नुभयो । सारुले आन्तरिक आयातको तुलनामा निर्यात बढाउन तर्फ लाग्ने समय आएको बताउनुभयो । निराशाका कुरा मात्र भन्दा पनि सम्भावना र अवसरको बहसको खाँचो देखिएको बताउनुभयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य गणपति पाण्डेले व्यवसायीको अधिकार सुनिश्चित गर्न महासंघ लागि परेको बताउनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य कमलराज तिमिल्सिनाले पुस्तकको सहज आपूर्तिको व्यवस्थाका लागि महासंघ प्रतिबद्ध भएर लागेको बताउँदै मर्यादित ढंग बाट व्यवसाय सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । तानसेन नगरपालिका वडा नं. ६ का अध्यक्ष सागरमान महर्जनले पुस्तक तथा स्टेशनरी व्यवसाय अन्य व्यवसायहरु विशिष्ट व्यवसाय रहेको बताउनुभयो । पुस्तक व्यवसायीले व्यवसाय मात्र नभै सेवा गरिरहेको बताउनुभयो ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले सरकारको ठोस नीति नआउँदा व्यवसायीहरु कर तिरेर बस्न मात्र बाध्य भएको बताउनुभयो । व्यवसायीहरुमा उत्साह गुमेको र विदेश पलायनको क्रम बढिरहेको भन्दै यत तर्फ राज्यले सोच्नु आवश्यक रहेको बताउनुभयो । पाल्पा व्यापार संघ बामदेव गौतमले पनि व्यासाय धरासायी बन्दै गए पनि राज्यले ध्यान दिन नसकेको बताउनुभयो । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सचिव केशव श्रेष्ठले समय मै पाठ्यपुस्तक विद्यार्थी सम्म पुर्याउने प्रतिवद्धता जनाउनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा पाल्पाका अध्यक्ष गोपाल बस्यालले व्यवसाय स्वच्छ र मर्यादित रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा पाल्पाका संस्थापक अध्यक्ष केदारलाल श्रेष्ठले पुस्तक तथा स्टेशनरी व्यवसाय इज्जत कमाउने र ज्ञान बाँड्ने पेशा रहेको बताउनुभयो । विगतको तुलनामा अहिले धेरै सहज र अवसर रहेको बताउनुभयो ।

प्याव्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्यले सरकारको स्पष्ट नीतिको अभावमा विदेश पलायन र बसाईसराई बढ्दो क्रममा रहेकाले यसलाई रोक्नको लागि उचित कदमको खाँचो रहेको बताउनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा पाल्पाका सल्लाहाकार राजेन्द्र लिगलले व्यवसायीहरु एकताबद्ध भएर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । महासंघका प्रेस सल्लाहाकार मुक्ति न्यौपानेले शिक्षा क्षेत्रको विकासमा पुस्तक व्यवसायीहरुको महत्वपूर्ण स्थान रहने भएकाले स्थानीय सरकार संग सहकार्य गरेर अघि बढ्नु पर्ने बताउनुभयो । माडी भ्यू होटेल तानसेनको सभाहलमा भएको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाका अध्यक्ष किशोर भट्टराईले महासंघले गरेका कार्य र प्राप्त उपलब्धीको बारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष भेषराज पोख्रेलको स्वागत र सचिव तारा सुनारीको सञ्चालनमा भएको थियो ।

कार्यक्रमको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाले महासंघका प्रेस सल्लाहाकार मुक्ति न्यौपाने र इमान सिं रानालाई सम्मान गरेको थियो । साथै महासंघलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पनि सम्मान प्रदान गरेको थियो ।

Previous Post

एकल महिला सुरक्षाकोष कार्यान्वयनको लागि ध्यानाकर्षणपत्र

Next Post

माथागढी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

palpasamachar

palpasamachar

Next Post
माथागढी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

माथागढी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025

Recent News

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version