स्थानीयतहको संस्थागत क्षमता स्वःमुल्यांकनमा बगनासकाली प्रथम

0
692

बिष्णुप्रसाद घिमिरे । पाल्पा
स्थानीयतहको संस्थागत क्षमता स्वमुल्यांकनको नतिजामा बगनासकाली गाउँपालिका जिल्लामै प्रथम भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम रुप दिई सार्वजनिक भएको स्वमुल्यांकनमा पाल्पा जिल्ला तर्फ बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ८८.५ प्रतिशत सहित प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना, वित्तिय एवम् आर्थिक, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी दशवटा मुख्य सूचकहरू र यसका अतिरिक्त अन्य १ सयवटा सहायक सूचकहरुको आधारमा स्वमूल्यांकन हुने गर्दछ । बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा यी सूचकहरुको आधारमा ८८ दशमलव ५ प्रतिशत प्राप्त गरेको छ ।

रम्भा गाउँपालिको ८६, तानसेन नगरपालिकाको ८३, रामपुर नगरपालिकाको ८०.२५, तिनाउ गाउँपालिकाको ७५, रैनादेवी छहरा गाउँपालिकाको ७४.५, निस्दी र रिब्दीकोट गाउँपालिकाको ७४.२५, पूर्वखोला गाउँपालिकाले ६०.७५ प्रतिशत अंक प्राप्त गरेको उल्लेख गरेको छ । माथागढी गाउँपालिकाको लिजामा अंक उल्लेख भएको छैन् यद्यपी ७५ दशमलव ५ प्रतिशत दावी गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले बताउनुभयो । स्थानीयतह सस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७ अनुसार प्रत्येक स्थानीय तहहरुले आर्थिक वर्षको पौष मसान्तभित्रमा लिजामा उल्लेख भएको सूचकहरुको आधारमा आवश्यक कागजातहरु सहित आ आफ्नो स्वमूल्यांकन पेश गर्नुपर्ने हुन्छ ।

स्थानीय तहहरुले पठाएको कागजातको आधारमा मन्त्रालयले अन्तिम अंक प्राप्त गर्नेगर्दछ । स्थानीयतहको सवल र दुर्वल पक्ष पत्ता लगाई विकास र सुशासनमा कमीकमजोरी सच्याउन स्थानीयतह सस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) लाई प्रयोग गर्ने गरिएको छ ।स्थानीयतह सस्थागत क्षमता स्वमूल्यांकनमा स्थिती सुधार गर्दै बगनासकाली स्थानीयतह सस्थागत क्षमता स्वमूल्यांकनमा बगानसकाली गाउँपालिकाले आफ्नो स्थिती सुधार गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ५४.११ प्रतिशत मात्र प्राप्त गरेको थियो त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६४.३६ मात्र अंक प्राप्त गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले अघिल्लो आर्थिक वर्ष जसरी नै काम गर्ने बताउँदै गाउँपालिकाले सबै सूचकहरुलाई ध्यान दिएर काम गरेको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here