भगवान तिमिल्सिनाको ‘दिनलाई घाम रातलाई जुनको’ लोकप्रिय बन्दै

0
185

काठमाडौं । भगवान तिमिल्सनाको ‘दिनलाई घाम रातलाई जुनको’ बोलको गीतले नेपाली साङ्गीतिक बजार तताएको छ ।
भर्खरैमात्र बजारमा सार्वजनिक सो गीतले लोकप्रियता कमाएको छ । सर्जक तिमिल्सिनाको निकै मार्मिक खालका शब्द तथा लय रहेको सो गीतले नेपाली साङ्गीतिक बजारमा निकै चर्चा बटुलेको छ ।
“आफै रोँए आफै चुुप लाए, तिम्लाई माया गरेर के पाएँ
आजपनि पिरैले जित्यो, एकै झिमिक ननिदाइकन रात बित्यो” ।
‘दिनलाई घाम रातलाई जुनको, सानुु तिम्लाई सम्झना छ छैन दुुःख पर्दा लाको गुनको’ उक्त गीत कलाकार मञ्जु खत्रीको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

अर्जुन सापकोटा र पुर्णकला विसीको आवाज रहेको सो गीतमा गायक सापकोटा, मञ्जु खत्री र प्रकाश वलीको राम्रो अभिनय रहेको छ । कलाकारको मन छुने अभिनयले दर्शकसामुु यो गीतले धेरै चर्चा पाएको छ । सामाजिक सञ्जालमा यो गीतले राम्रो स्थान ओगटेको छ । जेरी भण्डारीले निर्देशन गरेको यस गीत सबै उमेर समुुहका व्यक्तिको मन मुुटुमा बस्न सफल भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका निर्दिमका सर्जक तिमिल्सिनाले यसभन्दा अघिपनि विष्णुु माझीको आवाजमा ‘चर्को लाग्यो घाम’ बोलको गीत बजारमा ल्याएका थिए । सो गीतले निकै चर्चा बटुलेको थियो ।

स्याङ्जाको चापाकोटमा जन्मिएका सर्जक तिमिल्सिना राजनैतिक, सामाजिक क्षेत्रमा आफ्नो व्यस्त समयका बाबजुदपनि गीत सङ्गीतको क्षेत्रमा आफ्नो सक्रियता जनाउँदै आएका छन् । सानैदेखि कला संस्कृतीमा रुची राख्ने सर्जक तिमिल्सिनाले गाउँ समाजका समसामयिक परिवेशलाई बटुलेर शब्द कोर्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here