यस्तो छ पाल्पा रम्भादेवीको धार्मिक किवंदन्ती

0
192
पाल्पा । पाल्पाको रम्भादेवी मन्दिर धार्मिक पर्यटक तथा दर्शनार्थीको आकर्षणको केन्द्र बनेको छ । मन्दिर र आसपासका क्षेत्र धार्मिक हिसाबले मात्र नभई साँस्कृतिक, सामुदायिक वन विकास, पर्यटन विकास तथा जैविक विविधताको दृष्टिले समेत महत्वपूर्ण रहेको छ । रम्भा गाउँपालिका–५ ताहुमा यो मन्दिर रहेको छ ।
धार्मिक किम्बदन्ती अनुसार भगवान राम र सीता घुम्दै आउँदा यस क्षेत्रमा आइपुगेको र राम सीतालाई पानीको प्यास लाग्दा रामले वाण हानी पानी उत्पन्न भएकोले रमापानी भनिएको र पछि अपभ्रशं भई रमापानीको सट्टा रम्भापानी भएको कथन छ । रम्भादेवी मन्दिरमा सर्वप्रथम वि.सं १९५८ मा मुर्ति चढाएको अभिलेख छ । वि.सं. १९९९ मा पाल्पाका तत्कालिन कमाण्डर इन चिफ रुद्र शमशेरद्वारा मन्दिरमा देवीको मुकुट र गहना चढाइएको थियो । हाल यस मन्दिरमा करिव ४७ वर्ष अगाडि बनाएको मुर्तिलाई दैनिक पुजा गरिन्छ ।
मन्दिरको मुर्ति २ पटक चोरी भएको थियो । यहाँको मुर्ति चोरी हुने डरले अहिले पनि पुजारीले डोकोमा बोकेर घर लैजाने र अर्कोदिन बिहान पुनः बोकेर ल्याउने गर्छन् । पुजारीले घरबाट दैनिक डेढ घण्टा हिंडेर डोकोमा मुर्ति तथा शिला ल्याई मन्दिरमा राख्ने र बेलुकीपख घर लैजाने गरिएको छ । विशेष पुजाका दिन दुवै जना पुजारी आउने र अन्य दिन पालैपालो गरि पुजा गर्न आउने गरेका छन् ।
रम्भादेवी मन्दिर नजिकका क्षेत्र समेत धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण मानिन्छ । यस क्षेत्र देखि केही दुरीमा बाकुमगढी तथा रिमिघा लेक पर्दछ । रिमिघा लेक पर्यटकीय दृष्टिले महत्वपूर्ण त छदै छ यो लेक ऋषिमुनीहरुको पवित्र तपोभूमिको रुपमा समेत रहेको विश्वास गरिन्छ । रम्भादेवी क्षेत्रबाट नजिकै रहेको बाकुमगढीमा नेपाल एकीकरणको क्रममा युद्ध भएको थियो । यहाँ गोर्खाली फौज र पाल्पाली सेनवंशीय राजाहरू बिच लडाई चलेको थियो । मन्दिरको प्रवेश क्षेत्रमा नाचन डाँडा रहेको छ । नाचन डाडा मगर समुदायको मारुनी नाँच नाच्ने थलोको रुपमा चिनिन्छ । यस मन्दिरमा चोखोमनले चिताएको कुरा रम्भादेवीले पु¥याउने हुदा दर्शनार्थीहरू बढेको स्थानीयको भनाई छ । रम्भा गाउपालिका अध्यक्ष बिष्णु भण्डारीले रम्भादेबी मन्दिर क्षेत्रको प्रवर्धनमा गाउपालिकाले महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here