एमाले पाल्पाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम तानसेनमा सुरू

0
115

मिलन विश्वकर्मा । पाल्पा
नेकपा एमाले पाल्पाको आयोजनामा मंगलबारदेखि तासेनमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताउनुभएको छ । पुरानो सोंचका आधारमा नेता बन्न सक्ने अवस्था छैन्। समयअनुसार अपडेट हुनेगरी आफ्नो क्षमताको विकास गर्न उहाँले सुझाउनुभयो ।

मुलुक परिवर्तन गर्ने एक मात्र पार्टी एमाले हो। पार्टीसँगै नेता पनि आधुनिक हुनुपर्छ। सामाजिक सञ्जाल, अनलाइनबारे जानकार हुनुपर्छ। अध्ययनशील हुनुपर्ने उहाँले बताउनुभयो । पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएको छ । यीनै प्रविधिसँग खेल्नसक्ने युवा राजनीतिमा आउन थालेका छन् । अझै पनि अधिकांश नेता पुरानै शैलीमा रहेका उहाँले बताउनुभयो । समय सापेक्ष बन्न नसके अब जनताले विश्वास नगर्ने ज्ञवालीले बताउनुभयो ।

फरक पार्टी, भिन्न भिन्न धारबाट एमाले पार्टीमा आएकाहरू नेता तथा कार्यकर्तामा एक रुपता ल्याउन समेत प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभयो । यो अभियानले पार्टी अझै स्पातिलो भएर अगाडि बढ्ने बताउनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्लाका करिब सय बढी नेताको सहभागिता रहेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो ।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सहजीकरण गर्ने एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here