आन्दोलनलाई संस्थागत गर्ने बेलामा कांग्रेसले जहिल्यै धोका दिन्छ ः पोखरेल

0
117

मिलन विश्वकर्मा
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्दोलन संस्थागत गर्ने बेलामा कांग्रेसले जहिल्यै धोका दिने गरेको बताउनुभएको छ ।

बुधबार तानसेनमा आयोजित पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो ‘२०१७ देखि हालसम्मका विभिन्न आन्दोलन भए । कांग्रेस पनि जिम्मेवार पार्टी हो। हरेक आन्दोलनको नेतृत्व कांग्रेसले पनि गर्दै आएको छ । तर आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न कांग्रेसले धोका दिने गरेको छ ।’ इमानदार भएर राजनीति गरेको भए पटकपटक आन्दोलन गनुपर्ने थिएन् । ठूलो संघर्ष र आन्दोलनबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । सत्ता स्वार्थका कारण लोकतन्त्र पूर्णरुपमा संस्थागत हुन नसकेको उहाँले बताउनुभयो ।

जसरी पनि सत्तामा टिकिरहने सत्तागठबन्धन आवद्ध दलहरुका सोंचले मुलुक अप्ठ्यारोमा परेको छ । निर्वाचन अगाडि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको पोखरेलले आरोप लगाए। ‘विकास निर्माणका काम अलपत्र अवस्थामा छन् । ऋण दैनानुदिन बढिरहेको छ । जनता गरिबीले छट्पटिएका छन् । युवा विदेशतिर जान बाध्य भइरहेका छन् । ’ उहाँले भन्नुभयो ‘सरकार सत्ताको खेलमा मात्र व्यस्त छ ।’ एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने उनले दाबी गरे। विगतका आन्दोलनबाट पाठ सिकेर सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्छ । देश र जनताको हितमा काम एमालेको महुमत आउनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here