पाल्पा र गुल्मीका पत्रकारका लागि मिडिया साक्षरता कार्यशाला सुरू

0
180

पाल्पा । पाल्पा र गुल्मीका पत्रकारहरुका लागि मिडिया सारक्षरता कार्यक्रम बुधवारबाट तानसेनमा सुरू भएको छ ।
लुम्विनी प्रदेश सरकार, गृह मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समिमिको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

मिडिया साक्षरता कार्यशालामा प्रशिक्षक शिरोमणी ढुङ्गाना र मन्जिमा ढकालले सहजीकरण गर्नुभएको छ । कार्यशालाको उद्घाटन कार्यक्रम महासंघका लुम्विनी प्रदेश सदस्य भुवन कार्कीको अध्यक्षता, पाल्पा जिल्ला अध्यक्ष रेखीराम रानाको स्वागत र प्रदेश सदस्य प्रेमनारायण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

कार्यशाला बिहीवारसम्म चल्नेछ । कार्यशालामा पाल्पा र गुल्मीका गरी ३० जना बढी पत्रकारहरुको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here