माघ २९ गते बगनासकालीको सार्वजनिक सुनुवाई हुँदै

0
223

पाल्पा । यही माघ २९ गते बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई हुने भएको छ ।

बगनासकाली गाउँपालिकाको आयोजना र बगनासकाली पत्रकार समूहको सहजीकरणमा सार्वजनिक सुनुवाई गर्न लागिएको बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले बताउनुभयो । सार्वजनिक सुनुवाईका लागि हरेक वडामा सूचना टाँस गर्नुका साथै वडाका सरोकारहरुलाई वडा मार्फत सूचना गर्ने कार्य जारी रहेको उहाँले बताउनुभयो ।

सार्वजनिक सुनुवाई मार्फत जनताहरुको प्रश्न तथा सुझाव सल्लाह लिई गाउँपालिकाको सेवाप्रवाह र विकास योजनाहरुलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन मद्दत पुग्ने बिश्वास लिइएको प्रवक्ता थापाले बताउनुभयो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै गाउँपालिका, वडा कार्यालय र बिभिन्न शाखाहरु लगायतको सेवाप्रवाहको विषयमा गुनासो प्रश्न तथा सुझाव सल्लाहका लागि सहभागिताका लागि सबैलाई अनुरोध गरेको छ । कार्यक्रम गाउँपालिकाको कार्यालय परिसरमा हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here