यम्घामा सामुदायिक स्वास्थ्य इकाई भवन र चिर्तुङधारामा स्वास्थ्य चौकी भवन उद्घाटन

0
228

पाल्पा । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले नागरिकहरू स्वस्थ रहँदा समृद्ध पालिका निर्माणका लागि टेवा पुग्ने बताउनुभएकाे छ । बगनासकाली गाउँपालिका–६ यम्घा ठुलोपोखरा र चिर्तुङ्गधारामा स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै अध्यक्ष चिदीले नागरिकको आधारभूत स्वास्थ्य स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको भन्दै बगनासकालीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरी प्रसाद पाठकले सामुदायिक स्वास्थ्य सुधारका लागि स्वास्थ्य संस्थासँगै नागरिकहरुको पनि उत्तिकै भूमिका रहने बताउनुभयो । उपाध्यक्ष पाठकले भौतिक रुपले सम्पन्न स्वास्थ्य संस्थाहरुमा नियमितरूपमा जनशक्ति औषधी, औजार र उपकरण आपूर्ति गर्ने विषयमा गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्साल, प्रवक्ता टिका बहादुर थापा, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सबै पक्षको सहकार्यमा मात्रै बिरामी वा स्वास्थ्य सेवाग्राहीको सुरक्षा गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष ठानेश्वर तिमिल्सिना, इन्जिनियर प्रमोद कुवर, निर्माण समितिका अध्यक्ष पोषकान्त बस्याल लगायतका वक्ताहरुले नागरिकको स्वास्थ्यलाई ख्याल राखी गाउँपालिकाले काम गर्नुपर्ने बताउनुभयो । यम्घामा वजेट व्यवस्थापन गर्ने अर्थ मन्त्रालयमा कार्यरत कर्मचारी तुल्सीराम बस्याल, निर्माण कार्यमा सहयोग गर्ने विभिन्न सहयोगी, निर्माण समिति लाई सम्मान गरिएको थियो ।

चिर्तुङ्धारा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा प्रदान गर्ने ढुङ्गाना परिवारलाई सम्मान गरिएको थियो । जनसहभागिता सहित ४१ लाख,८१ हजार ९१७ रुपैयाँको लागतमा सामुदायिक स्वास्थ्य एकाई यम्घा र १ करोड ९० लाखको लागतमा स्वास्थ्य चौकी चुर्तुङ्धारा को भवन निर्माण गरिएको इन्जिनियर प्रमोद कुँवरले जानकारी गराउनुभयो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष शेर बहादुर चिदी, वडा न ं६ यम्घाका अध्यक्ष लक्ष्मीप्रसादले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here