Site icon PALPA SAMACHAR

बन्द हुने अवस्थामा पुगेको ज्ञानोदय स्कुल लयमा फर्कियो, स्वर्णजयन्ती मनाउँदै

पाल्पा । ज्ञानोदय आधारभूत विद्यालय माथागढी–१ चिदीपानी पाल्पाको ५० औ वार्षिकोत्सव तथा स्वर्ण महोत्सव समारोह हुने भएको छ ।

यही फागुन १ गते बृहत कार्यक्रमका बीच महोत्सव मनाउन थालिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा माथागढी–१ चिदीपानीका अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । केही बर्ष पहिले ५ जना बिद्यार्थी भएर बन्द हुन थालेको बिद्यालय नयाँ नेतृत्व र ब्यवस्थापन सहित स्थानान्तरण भई समुदायको साथमा आजको सफल अवस्थामा आइपुगेको छ ।
स्वर्ण महोत्सव सम्पन्न गर्न पुर्ब बिध्यार्थी , शिक्षक समाजसेबि बुद्दिजिबिहरुले आर्थिक संकलन सहित सहयोग भईरहेको विद्यालयले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य ठाकुर गैरे,नारायण प्रसाद आचार्य, प्रदेशसभा सदस्य बिर बहादुर राना, खेम बहादुर सारु, माथागढी गाउँपालिका अध्यक्ष यम चिदी लगायत जनप्रतिनिधिहरु काजुमासा काकिमि ओके बाजे, नेपाल सरकारका सह सचिव पुर्ब बिद्यार्थी श्रीकृष्ण नेपाल, दिपकराज नेपाल, उपसचिव राजेश पन्थी लगायत अतिथिहरुको सहभागिता रहने बिद्यालयका प्रधानाध्यापक बिजयदिप पन्थीले बताउनुभयो ।

स्वर्ण महोत्सव समारोह कार्यक्रम अन्तर्गत माघ २४ गते देखि विभिन्न शारीरिक तथा बौद्धिक प्रतियोगिताहरु संचालन भइरहेको बिद्यालयका सहायक प्रअ तथा अतिरिक्त कृयाकलाप समितीका संयोजक मेनुका थापाले बताउनुभयो ।

Exit mobile version