१८ जिल्लाका होमस्टे पदाधिकारी पाल्पामा

0
310

पाल्पा । होमस्टे (घरबास) महासंघ नेपाल केन्द्रीय कार्यसमितिको बैठक तथा रणनीतिक योजना तर्जुमा गोष्ठी तानसेनमा सम्पन्न भएको छ ।

२ दिनसम्म चलेको कार्यक्रमको समापन कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नेपालमा प्रजातन्त्र स्थापना भएपछि नेपालभरिमा ५ वटा नगरपालिका घोषणा हुँदा पाल्पा पनि रहेको स्मरण गर्नुभयो । उहाँले तानसेन र समग्र पाल्पा आफैमा पर्यटकीय केन्द्रको रुपमा रहेकोले यस क्षेत्रको प्रवर्धनमा होम स्टेहरुको भूमिका महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका ज्ञवालीले होमस्टेमा बस्दा घरमा जस्तै खाना तथा बास हुने भएकोले होमस्टे प्रति पर्यटकहरुको आकर्षण बढी हुने गरेको बताउनुभयो । उहाँले होमस्टेले पर्यटन प्रवर्धनसँगै यहाँको कला संस्कृति संरक्षणमा पनि उत्तिकै टेवा पु¥याउँदै आएको बताउनुभयो । उपप्रमुख ज्ञवालीले बिदेशमा रहेका नेपालीहरुलाई घर गाउँमा फर्काउँदै, बिदेश जान लागेका युवाहरुलाई पनि होम स्टे तर्फ आकर्षित गराउन सके आफ्नै देशमा युवाहरुले रोजगारीको अवसर प्राप्त गर्ने बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ३ का अध्यक्ष बावुरत्न शाक्य, पाल्पा ब्यापार संघका अध्यक्ष बामदेव बस्याल, तानसेन होमस्टे समितिका अध्यक्ष मनमोहन श्रेष्ठले होम स्टेका माध्यमबाट पर्यटन प्रवर्धनसँगै आर्थिक उपार्जन पनि गर्न सकिने भएकोले महत्वपूर्ण रहेको बताउनुभयो । पाल्पामा अहिले ८ वटा नीजि र ६ वटा सामुदायिक होम स्टे रहेको उल्लेख गर्दै वक्ताहरुले यी होमस्टेहरुलाई समय सापेक्ष अझ प्रभावकारी बनाउँदै अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

महासंघको चितवनमा सम्पन्न अधिवेशन पश्चातको प्रथम बैठक पाल्पामा बसेको हो । १८ जिल्लाका ३४ जनाको सहभागिता रहेको गोष्ठीमा महासंघका बिभिन्न विभागहरुको चयन गरिएको छ । त्यस्तै महासंघको आगामी ४ वर्षको रणनैतिक योजना निर्माण गर्नुका साथै सल्लाहकार समेत मनोनित गरिएको छ ।

महासंघको योजना निर्माणमा सहजीकरण विज्ञ सूर्य न्यौपानेले गर्नुभएको थियो । १८ जिल्लाका होमस्टे पदाधिकारीहरु तानसेनका पर्यटकिय सम्पदाहरुको भ्रमण गर्नुभएको थियो । महासंघका अध्यक्ष प्रेम शंकर मर्दनियाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष बाबु राजा महर्जनले गर्नुभएको थियो । कार्यक्रमको संचालन सञ्चालन उपाध्यक्ष तथा विदेश विभाग प्रमुख धनिष्वर वस्यालले गर्नुभएको थियो । उहाँको निमन्त्रणामा तानसेन होमस्टे समितिले ३ दिने आवासीय सुविधा पु¥याएको थियो । होमस्टे महासंघले आफ्नो सञ्जाल ६८ जिल्लामा रहेको र पर्यटन क्षेत्र कान्छो संस्था भएर सवैभन्दा ठूलो पर्यटन सञ्जाल निर्माण गर्न सफल भएको उपाध्यक्ष बस्यालले बताउनुभयो । निकट भविष्यमा नेपालमा होमस्टेको अन्तराष्ट्रिय होमस्टे मार्ट आयोजना गर्ने महासंघका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख बस्यालले बताउनुभयो ।

महासंघका अध्यक्ष मर्दनियाले नेपालमा नेपालमा होमस्टे पर्यटन व्यवसाय स्वरोजगारको क्षेत्रमा माटो सुहाउँदो व्यवसाय रहेको र ग्रामीण तह सम्म पर्यटन को पहुँच पुर्याउन सकिन्छ भन्ने विषय प्रमाणीत गरेको बताउनुभयो । नेपालको समृद्धिको यात्रामा होमस्टे व्यवसायको माध्यमबाट बिदेशिएका युवाहरुलाई स्वदेश मै गाउँ गाउँमा व्यावसायिकता अपनाउन सकिन्छ भन्ने सन्देश पुर्याएको उहाँले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here