पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माको फेरी भेटौला कार्यक्रम

0
486

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्मा सरूवा भएर काठमाडौँ जान लाग्नुभएकाले फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी प्रमुख शर्माले जिल्लामा रहँदा नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । शर्माले आफू प्रहरी प्रमुख भएका बेला आपराधिक घटनामा कमी आएको बताउनुभयो । उहाँले लागूऔषध बेचबिखनमा संलग्नलाई कानुनी दायरामा ल्याएको, प्रहरीको गतिविधि सुधार गर्न सार्वजनिक सुनुवाई गरेको, यात्रु सहायता कक्ष स्थापना गरेको, प्रहरीलाई आवश्यक तालिमलाई नियमित गरेको, जिल्लाका विभिन्न सरकारी निकायसँगको सहकार्यमा अपराध नियन्त्रणमा कमी ल्याएको, विपन्न, असाह्यलाई सहज सेवा प्रदान गरेको बताउनुभयो । यो अबधिमा अदालतको फैसला कार्यान्वयनमा महत्वपूर्ण भुमिका खेलेर सम्मानित भएको, नागरिक र प्रहरीको सम्बन्ध सुधार गर्न पहल गरेको प्रहरी प्रमुख शर्मा बताउनुभयो । यस्तै दुर्घटना नियन्त्रणमा पहल गरेपनि केही घटनाले दुखित बनाएको शर्माको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले प्रहरीले नागरिकको वास्तविक सेवकको रूपमा पाल्पाली नागरिकलाई सेवा प्रदान गरेको बताउनुभयो । पाल्पामा प्रहरी प्रमुख शर्माको पालामा सबै पत्रकारलाई सहज रूपमा सूचना प्रदान गरेकोमा धन्यवाद दिनुहुँदैउहाँले शर्माको उज्वल भविष्यको लागि शुभकामना दिनुभयो । कार्यक्रममा जिल्लास्थित राजनैतिक दलका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
इरानीमहलको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here