Site icon PALPA SAMACHAR

चिदीपानीमा जिल्लामै पहिलो अनलाइन सिफारिस प्रणाली सुरू

पाल्पा । माथागढ़ी गाउँपालिका वडा न १ चिदीपानीले अनलाईन सिफारिस प्रणाली सुरुवात गरेको छ ।
वडाबाट नाता प्रमाणित योजना सम्झौता, जग्गा नामसारी, नागरिकता सम्बन्धी सबै सिफारिसहरु Annual Income Verification (बार्षिक आयश्रोत प्रमाणिकरण)’उद्योग,फर्म दर्ता सिफारिस, जन्म, मृत्यु प्रमाणित, आय–व्यय प्रमाणित लगायत यो अनलाइन सिस्टम द्वारा विभिन्न प्रकृतिका सिफारिसहरु छिटो र छरितो गर्न सकिने हुनाले उक्त प्रणाली सुरु गरिएको वडा अध्यक्ष राजकुमार पन्थीले बाताउनुभयो ।

वडा कार्यालयबाट जारी सिफारिस पत्रको केन्द्रिय विद्युतीय अभिलेखीकरण हुने, सेवाग्राहीले अनलाईन मार्फत निवेदन बुझाउन सकिनेछ । जसले गर्दा सेवाग्राहीको डाटाबेस बिस्तार भई सेवा प्रवाह छिटो छरितो , विश्वसनीय र प्रभाबकारी हुनेछ । यो सेवा प्रयोग गर्न को निम्ति URL https://sifarish.ibis.com.np/login मा क्लिक गर्न सकिने वडा सचिब राजु ज्ञवालीले जानकारी दिनुभयो ।

सुभारम्भका अवसरमा केश बहादुर सिङ्जालीलाई पहिलो सेवाग्राहीको रुपमा सिफारिस गरिएको हो । कार्यक्रममा कर्यपालिका सदस्य तुल्सा न्यौपाने, वडा सदस्य डुकुल बहादुर गाहा इन्जिनियर निवेश किरण अधिकारीको उपस्थिति रहेको थियो ।

Exit mobile version