यस्तो छ पाल्पामा बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाउने तालिका

0
307

पाल्पा । स्वास्थ्य कार्यालय पाल्पाले बालबालिकालाई दादुरा–रुवेला खोप लगाउने कार्यक्रम सम्बन्धी पत्रकारहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण गरेको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले पाल्पामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा रुवेलाको खोप लगाउने तयारी गरिएको बताउनुभयो । उहाँले १७ हजार ८४५ बालबालिकालाई दादुरा–रुवेला बिरुद्धको खोप लगाउने तयारी गरिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयले पाल्पामा दुई चरणमा खोप सञ्चालन गर्ने जनाएको छ । पहिलो चरणमा फागुन १३ गतेदेखि १६ गतेसम्म तानसेन, रिव्दीकोट, बगनासकाली, रैनादेवी छहरा, माथागढी र तिनाउ गाउँपालिकामा र दोस्रो चरणमा फागुन २१ गतेदेखि २६ गतेसम्म रामपुर, रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।

खोप अभियानका लागि जिल्लामा २७९ वटा खोपकेन्द्र तय गरिएको छ । दादुरा–रुबेला खोप लगाए विभिन्न रोगको संक्रमण तथा आक्रमणबाट बच्न सकिन, दादुरा सर्ने र अर्को मानिसलाई सार्ने सम्भावना नहुने खोप कार्यक्रमका प्रमुख बिश्वनाथ न्यौपाने बताउनुभयो । दादुरा रुबेला खोपको ९ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकाले अनिवार्य रुपमा लगाउनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले यो अभियान सफल बनाउन सबै संचारकर्मीहरुको दायित्व रहेकोमा जोड दिनुभयो । उहाँले अभियानका बेला पत्रकारहरूले सही र तथ्यतथ्य सूचना सम्प्रेषण गरेर सहयोग गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here