माथागढीको कसेनी सराईमा मगर एकता दिवस मनाइदै

0
339

पाल्पा । माथागढी–३, स्थित कसेनी सराइमा मगर एकता दिवस भव्य रूपमा मनाउने गरी तयारी गरिएको छ ।

माथागढी गाउँपालिकाको सहयोगमा नेपाल मगर संघ माथागढी गाउँ कमिटिले यही फागुन १५ गते सराईमा विविध कार्यक्रमसहित मगर एकता दिवस मनाउने तयारी भएको संघका अध्यक्ष भेगराज थापाले बताउनुभयो । संघले नेपाल मगर संघ स्थापना भएको दिनलाई एकता दिवसको रूपमा मनाउँदै आएको छ ।

संघले सोमवार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी दिवस र दिवस मनाउने तयारी भएको बिषयमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा मगर संघका लुम्विनी प्रदेश सचिव तथा माथागढी ३ का वडाध्यक्ष तेजबहादुर घर्तीमगरले मगर समुदायको ऐतिहासिक पहिचानसहित माथागढी गाउँपालिकाको सहयोगमा मगर राष्ट्रिय एकता दिवस मनाउने तयारी भएको बताउनुभयो ।

उहाँले एकता दिवसले मगर समुदायमा प्रचलित संस्कार संस्कृतिको संरक्षण गर्न र केही विकृति हटाउन सन्देश प्रदान गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले मगर समुदायको एकता दिवसलाई फरक शैलीमा मनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरू भगवान भण्डारी, कमलराज तिमिल्सिना, माधव अर्याल, देव पचभैया, यज्ञमूर्ति तिमिल्सिना, नारायण न्यौपाने, विष्णु खनाल, पदम गैरेलगायतले सुझाव सल्लाह एवम् जिज्ञाशा राख्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष भेगराज थापाको अध्यक्षता र सचिव खोम गाहाको संचालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here