• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शिक्षा, स्वास्थ्य र खेलकुद

जनतालाई सहज स्वास्थ्य सेवा दिँदै माथागढी

palpasamachar by palpasamachar
February 20, 2024
in शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार, शीर्ष समाचार
0
जनतालाई सहज स्वास्थ्य सेवा दिँदै माथागढी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पाल्पा । माथागढी गाउँपालिकाले उचित स्वास्थ्य सेवाबाट बञ्चित वडा र टोलका नागरिकहरुलाई प्राथमिकता दिई बजेट बिनियोजन गरी कार्यक्रम संचालन गर्दै आएको छ ।
गाउँपालिकाले स्वास्थ्य चौकीको पहुँचबाट टाढा रहेका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नको लागि सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको गाउँपालिका अध्यक्ष यम बहादुर चिदील बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य चौकीहरुको सेवाको गुणस्तरलाई समय सापेक्ष बृद्धि गर्दै नागरिकको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्नेतर्फ उन्मुख भएको उहाँले बताउनुभयो ।
माथागढी गाउँपालिकाका केही वडाहरूमा भौगोलिक हिसावले पनि एउटा टोलबाट अर्को टोलमा पुग्न र स्वास्थ्य चौकीसम्म तत्काल सम्भव नभएका टोलहरू पनि रहेका छन् । ती इकाईहरुबाट स्वास्थ्य चौकीसम्म पुग्न सम्भव नभएका नागकिहरुले सेवा लिन सहज भएको उहाँले बताउनुभयो । चिदीपानीको धैरेनी, कसेनीको शिकारकोट, गोठादीको भुटुके, रहबासको मटेरी र बहादुरपुरको ताकातुङमा गत वर्ष सामुदायिक स्वास्थ्य इकाई थपिएका थिए । सामुदायिक स्वास्थ्य इकाईमा सेवाका लागि पालिकाले करारमा १२ जना स्वास्थ्यकर्मी थप गरेको थियो ।
त्यस्तै यो गाउँपालिकाका कतिपय वडाहरु बिकट रहेको र सुत्केरी गराउन सदरमुकाम वा अन्य अस्पतालमा पुग्न अप्ठेरो हुने भएकोले गाउँपालिका सबै वडाहरुमा तालिमप्राप्त जनशक्ति सहितको बर्थिङ सेन्टरको अवधारणा ल्याएको अध्यक्ष चिदीले बताउनुभयो । यस वर्ष गोठादीमा पनि बर्थिङ सेन्टर संचालन हुने उहाँले बताउनुभयो । त्यस्तै पालिकाका सबै वडाहरुमा ल्याव सेवा पनि संचालनमा आएको छ । पालिका अन्तरगतका वडा नं. ५ र ६ मा स्वास्थ्य चौकीको नयाँ भवन बनाउने कार्य बाँकी छ । वडा नं. ५ हात्तीलुङ साविक कसेनी गाविसका २ वटा वडा र गोठादी गाविसका ४ वटा वडा समेटेर बनाइएको हो । यी दुबै वडामा पायक पर्ने स्थानमा जग्गा प्राप्तिको कार्य अगाडि बढाइएको अध्यक्ष चिदीले बताउनुभयो । हात्तीलुङमा सामुदायिक स्वास्थ्य इकाई मार्फत सेवा प्रवाह हुँदै आएको छ ।
गर्भवतीलाई अण्डा र झण्डा कार्यक्रम कायमै
माथागढीको स्वास्थ्य क्षेत्रमा अर्को महत्वपूर्ण कार्यक्रम गर्भवतीको घरमा हरियो झण्डा र गर्भवतीलाई अण्डा कार्यक्रम पनि हो । अण्डाले आमा र बच्चालाई पोषण पुरा हुने र गर्भवतीको घरमा राखिएको घरमा हरियो झण्डाले उक्त घरमा गर्भवती छन् भनेर चिनाउन सहयोगी हुने भएकोले यसो गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य क्षेत्र अन्र्तगत गर्भवती र सुत्केरीहरुका लागि बिशेष कार्यक्रम सञ्चालन गर्दै आइरहेको जिसीले बताउनुभयो । गर्भ रहेपछि स्वास्थ्य संस्थामा पहिलो पटक गर्भ जाँचका लागि गर्भवती स्वास्थ्य संस्थामा आउदा अण्डा र झण्डा दिएर पठाउने गरिएको छ । एक पटक झण्डा दिइने र क्रमशः परीक्षणको क्रममा आउँदा गर्भवतीको अवस्था हेरी ४ पटक अण्डा प्रदान गर्ने गरिएको उहाँले बताउनुभयो ।
अण्डाले गर्भवतीलाई पोषण दिने र झण्डाले छिमेकीहरुलाई समेत यो घरमा गर्भवती रहिछन् त्यसैले आवश्यक सहियोग गर्नुपर्छ भन्ने भावना जागृत गराउने भएकोले यो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । पालिका अन्तरगत २ वटा एम्बुलेन्स रहेका छन् । यी एम्बुलेन्स मार्फत अति विपन्न र पैसा तिर्न नसक्ने परिवारलाई निःशुल्क सेवा समेत प्रदान गरिएको छ ।
तीव्र गतिमा बन्दै माथागढी अस्पताल 
गाउँपालिकाको ४ नं. वडा झडेवामा बन्दै गरेको १५ शैयाको अस्पताल निर्माण कार्यले तीव्रता पाएको छ । ९ रोपनी क्षेत्रफलमा बनिरहेको छ । २०७८ जेठ २७ गते प्राकृतिक निर्माण सेवासँग करिब १२ करोड लागतमा २०८१ जेठसम्म सक्नेगरी ठेक्का सम्झौता भएको छ । सोही अनुसार समयमै काम सम्पन्न गर्नेगरी निर्माण व्यवसायीले काम गरिरहेको गाउँपालिकाले जनाएको छ । दुई तले अस्पतालको भवनमा अहिले स्टक्चरको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
अस्पताल निर्माण कार्य सम्पन्न भएपछि दरबन्दी नवौं तहको चिकित्सको नेतृत्वमा ३० जना स्वास्थ्यकर्मीले सेवा दिने छन् । आधारभूत अस्पतालबाट ओपिडी सेवा, प्रयोगशाला सेवा, एक्सरे सेवा, आयुर्वेद सेवा, दन्त उपचार सेवा, आकस्मिक सेवा, अन्तरङग सेवा (बिरामी भर्ना) र फार्मेसी सेवा उपलब्ध हुनेछ । यो अस्पतालबाट सेवा सुरु भएपछि गाउँपालिकाका झडेवा, गोठादी, हात्तिलुङ, रहवास, बहादुरपुरका सबै र कसेनीको केही भागका नागरिकलाई फाइदा पुग्ने गाउँपालिका अध्यक्ष चिदीले बताउनुभयो ।
यता कसेनी स्वास्थ्य चौकीको भवन निर्माण कार्य पनि तीव्र रुपमा चलिरहेको छ । कसेनीमा बन्दै गरेको उक्त भवनको निर्माण कार्य ६० प्रतिशत बढी सम्पन्न भएको बताइएको छ ।
फोटोः कसेनीमा निर्माणाधिन स्वास्थ्य चौकी भवनको अनुगमन निरीक्षण गर्दै सरोकारवालाहरू
Previous Post

माथागढीको कसेनी सराईमा मगर एकता दिवस मनाइदै

Next Post

डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँदै

palpasamachar

palpasamachar

Next Post
डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँदै

डा. भगवान कोइराला लगायतको टोली स्वास्थ्य शिविरका लागि बराङ्दी आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025

Recent News

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version