Site icon PALPA SAMACHAR

संवैधानिक राज संस्थाको मागसहित राप्रपा पाल्पाले बुझायो ज्ञापन पत्र

मिलन विश्वकर्मा
पाल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले अभिभावकीय भूमिकामा संवैधानिक राज संस्था हुनुपर्नेसहित ४० बुँदे ज्ञापन पत्र बुझाएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, प्रदेश खारेज हुनुपर्ने, स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्ने धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु अधिराज्य हुनुपर्ने माग गरेको राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले बताउनुभयो ।

कार्यकारी पदमा एक व्यक्ति दुइ कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गर्न, देशभरि निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्यको सुनिश्चित गर्नुपर्ने, तत्काल सबै नेपाली नागरिकलाई स्वास्थ्य बीमाको पहुँच पु¥याउँदै बीमितलाई इच्छाइएको अस्पतालमा उपचारको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको छ ।

कृषि कल्याणकोषको निर्माण, साना किसानका लागि सहज र सहुलियत दरमा कृषि कर्जाको व्यवस्था तथा कृषि मल कारखानाको स्थापना र गत ५ वर्षमा कृषि अनुदान कति र ककसलाई दिइयो भन्नेबारे स्वेतपत्र प्रकाशन र छानबिन गर्नुपर्ने माग गरि ज्ञापन पत्र बुझाएको कुँवरले बताउनुभयो ।

सिद्धान्तमा मात्रै नभाइ व्यबहारमै पिछडिएका र पछि पारिएका सबै वर्ग, जाति, लिंग, समुदायको समान अधिकारको सुनिश्चितता गर्नुपर्ने, विदेशमा रहेका नेपाली नागरिकहरूका लागि सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम आगामी निर्वाचनमा मतदान अधिकारको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले आफूले सम्बन्धित निकायम तत्काल पठाउने बताउनुभयो ।

Exit mobile version