हुँदा हुँदै ठाउँको नाम नै बिग्रेको ट्रक भयो (पाल्पा कुसुमखोलाको आश्चर्य लाग्दो भिडियो सहित)

0
1137

पाल्पा । के तपाई हार्थोक–कुसुमखोला–छहरा सडकमा यात्रा गर्नुभएको छ ? यदि गर्नुभएको छ भने कुसुमखोला नजिकै बाटो छेउमा एउटा पुरानो बिग्रेको ट्रक अवश्य पनि देख्नुभएकै होला ।

सबै यात्रुलाई यो ट्रक सामान्य जस्तै लाग्छ । तर ट्रकको भित्री रहस्य भने फरक छ । लु १ ज ५०७८ नम्बरको यो ट्रक ९ वर्ष देखि यही स्थानमा छ । न यो ट्रकका साहुँजी सम्पर्कमा छन् न त ट्रक हटाउन नै सकिएको छैन । यो ठाउँको नाम नै अहिले बिग्रेको ट्रक नाममा परिणत भएको छ । स्थानीयले मात्रै हैन यो बाटोका यात्रुहरुले समेत यहाँको लोकेशन बताउँदा बिग्रेको ट्रक भनेर बताउने गरेका छन् ।

स्थानीय समाजसेवी सम्मर बिश्वकर्माका अनुसार ट्रकका साहुजी भीम बहादुर नामका ब्यक्ति हुन् । २०७१ सालमा स्थानीय काठ तथा दाउराको कारोवार गर्ने क्रममा यो ट्रक कुसुमखोला ल्याइएको थियो । त्यसपछि ट्रकका साहुँजी सम्पर्कमा आएनन् । २०७४ सालमा स्थानीय नागरिकहरुले जिल्ला प्रहरी कार्यालय पाल्पामा ट्रकको उचित ब्यवस्थापनका लागि निवेदन पनि दिएका थिए तर खास सम्बोधन हुन सकेको थिएन ।

जोखिम बढ्दो छ
भवानी मावि नजिकै बाटो छेउमा रहेको यो ट्रक जोखिमपूर्ण अवस्थामा छ । बाटो मुनी घर पनि छ र मानिसहरु घास दाउरा गर्ने क्रममा पनि जोखिम छ । अर्कोतर्फ स्थानीय बालबालिकाहरु पनि ट्रकमै खेल्ने गर्छन् । जसका कारण जोखिम बढ्दो छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले उक्त ट्रकको ब्यवस्थापनका लागि प्रहरी तत्काल लागिपर्ने बताउनुभयो ।

हेर्नुहोस् पाल्पाका पत्रकार नारायण न्यौपानेले स्थलगत रुपमा तयार पार्नुभएको भिडियो रिपोर्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here