Site icon PALPA SAMACHAR

बराङ्दीको स्वास्थ्य शिविरमा पहिलो दिन ३ सय जना बढीले स्वास्थ्य परीक्षण गराए

पाल्पा । शुक्रवारबाट बराङ्दीमा २ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । शिविरमा पहिलो दिन ३ सय जना बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।

रिडी राम्दी समाज काठमाडौको आयोजना र बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बराङ्दीको सह–आयोजनामा २ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको प्रांगण बगनासकाली ८ बराङ्दीमा सञ्चालन गरिएको सहकारीका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो । बढ्दो स्वास्थ्य समस्यालाई मध्य नजर गदै स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने सम्पूर्णलाई निःशुल्क स्वास्थ्य परिक्षण तथा आवश्यक भएमा निशुल्क औषधी उपलब्ध गराइएको छ । शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. रोसन घिमिरे, स्त्रीरोग विशेषज्ञ राजेन्द्र बश्याल, आँखारोग विशेषज्ञ तथा बाल रोग विशेषज्ञ सहित वरिष्ठ चिकित्सकहरुद्धारा स्वास्थ्य परीक्षण भइरहेको सहकारीका सचिव कमलराज तिमिल्सिनाले बताउनुभयो ।
शिविरमा बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. भगवान कोइराला लगायतले शनिवार मुटुका बिरामीहरुको परीक्षण गर्ने बताइएको छ ।
रिडी राम्दी समाजले बिभिन्न समयमा सामाजिक कार्य गदै आएको छ । आउदा दिनहरुमा पनि देशव्यापी स्वास्थ्य शिविर लगायत अरू विभिन्न सामाजिक कार्य गर्दै जाने समाजका अध्यक्ष रामप्रसाद घिमिरेले बताउनुभयो ।
शनिवार बिहानबाटै शिविर संचालन हुनेछ । शिविरमा परीक्षण गराउन चाहनेहरुले स्थलगत रुपमा आफू उपस्थित भई नाम दर्ता गर्न सकिने बताइएको छ । नाम लेखाउनेहरुलाई पालैपालो परीक्षणको ब्यवस्था मिलाईने रिडी राम्दी समाजका सहसचिव पिताम्बर बस्यालले बताउनुभयो ।

Exit mobile version