बराङ्दीमा भएको स्वास्थ्य शिविरबाट ६ सय ७० जनाले सेवा लिए

0
503

पाल्पा । बगनासकाली गाउँपालिका–८ बराङ्दीमा सञ्चालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ७० जनाले सेवा लिएका छन् । उक्त शिविरमा उक्त शिविरमा मुटुरोग ३ सय २८ स्त्रीरोग १ सय ७४ बालरोग ४५, आँखा सम्बन्धी १ सय २३ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये मध्ये ४ सय ८३ महिला र पुरुष १ सय ८७ रहेका थिए ।

रिडी राम्दी समाज काठमाडौको आयोजना र बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था बराङ्दीको सह–आयोजनामा २ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको प्रांगण बगनासकाली ८ बराङ्दीमा शिविर २ दिनसम्म चलेको थियो । शिविरको समापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले यसप्रकारको शिविरबाट गाउँमै सेवा पाउने भएकोले समय समयमा शिविर संचालन गर्दै जानुपर्ने बताउनुभयो ।

शिविरको समापन कार्यक्रममा बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. भगवान कोइरालाले सन्तुलित आहार बिहार सहित नियमित कसरतले मानिसलाई स्वस्थ रहन धेरै सहयोग पुग्ने बताउनुभयो । सहकारीका अध्यक्ष कृष्ण भुसालले बढ्दो स्वास्थ्य समस्यालाई मध्य नजर गदै स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने सम्पूर्णलाई निःशुल्क स्वास्थ्य परिक्षण तथा आवश्यक भएमा निशुल्क औषधी उपलब्ध गराइएको थियो ।

शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. रोसन घिमिरे, आम्दा अस्पताल बुटवलका प्रमुख मेसु डा.राजेन्द्र बश्याल, आँखारोग विशेषज्ञ तथा बाल रोग विशेषज्ञ सहित वरिष्ठ चिकित्सकहरुद्धारा स्वास्थ्य परीक्षण गरिएको थियो । बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा र लुम्बिनी मेडिकल कलेज सहित बिभिन्न स्वास्थ्य सम्बद्ध संस्थाहरुको पनि शिविरमा सहभागीता रहेको थियो ।

रिडी राम्दी समाजका समाजका अध्यक्ष रामप्रसाद घिमिरेले आउँदा दिनहरुमा पनि देशव्यापी स्वास्थ्य शिविर लगायत अरू विभिन्न सामाजिक कार्य गर्दै जाने बताउनुभयो । समापन कार्यक्रममा मुटुरोग बिशेषज्ञ डा. रोसन घिमिरे, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, रिडी राम्दी समाजका निवर्तमान अध्यक्ष सेमन्तमणी खराल, सहकारीका सचिव कमलराज तिमिल्सिना लगायतले आगामी दिनमा पनि आवश्यकता अनुसार यसखालका शिविर सञ्चालन गर्दै जाने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here