बुद्धि विकास प्रावि रुप्सेको ७० औं वार्षिकोत्सव सम्पन्न

0
307

पाल्पा । बुद्धिविकास प्राथमिक विद्यालय माथागढी– २ रुप्सेको ७० औं वार्षिकेत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका यम बहादुर अध्यक्ष चिदीले यो बिद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै अभिभावकको मन जित्न सफल भएकोमा शुभकामना दिनुभयो । उहाँले विद्यालयको भौतिक, जनशक्ति व्यवस्थापनमा पालिकाले ध्यान दिने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पूर्व मन्त्री रमा घर्तीले यस क्षेत्रको शैक्षिक जागरणमा यो बिद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष बोमबहादुर ठाडा, वडा सदस्य यान सिं थापा, अक्षयकोष दाताको तर्फबाट डिल्ली राज काफ्ले ,समाजसेवी तारा वहादुर सारु, माडी बहुउद्देश्यीय सहकारी सस्थाको अध्यक्ष तुल्सी राम भुसाल, वडा सचिव सरस्वती पन्थी, सामाजिक स्रोत विकास केन्द्र पाल्पाका कार्यकारी प्रमुख चोपलाल गिरी,पुर्ब अध्यक्ष आत्माराम कोइराला,कर्णधार माबिका सहायक प्रअ राजन अधिकारी, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रअ कमलादेवी ढकालबाट विद्यालयको २०७९/८० को आय, ब्यय प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले शारीरिक व्यायम, पिटि र नृत्य समेत प्रदर्शन गरेका थिए ।

कार्यक्रमकै अवसरमा पालिका अध्यक्ष यम बहादुर चिदीले १० हजार, वडा नं. २ का अध्यक्ष बोम बहादुर ठाडाले पाँच हजार एकसय एघार, २ नं वडा सदस्य यान सिं थापाल पाँच हजार पचास, तारा वहादुर सारुले पाँच हजार पच्चीस, बिद्यालयकी प्रअ कमला देवि ढकालले पाँच हजार एकसय, शिक्षिका सुमित्रा चिदीले पाँच हजार पाँच, बालबिकास शिक्षिका गोमा कुमालले तीन हजार, बिद्यालयकी कर्मचारी लक्ष्मी काफ्लेले ३ हजार गरी जम्मा ८ जनाबाट एकचालिस हजार दुइसय एकानब्बे रुपैयाँ अक्षयकोष रकम प्राप्त भएको छ ।

२०११ सालमा गुरुकुल शिक्षाको रुपमा सुरु भएको यो बिद्यालय माथागढी गाउँपालिका भित्रको अब्बल बिद्यालयको रुपमा रहेको छ । बिद्यालयमा बालमैत्री वातावरणमा पढाइ, शिक्षण सिकाइमा प्रबिधिको प्रयोग, शान्त रमणीय बातावरण, प्रसस्त खुल्ला, खेलमैदान, स्वस्थ खानेपानीको व्यबस्था बालक्लबको अगुवाइमा अतिरिक्त कार्यक्रम संचालन लगायतका बिशेषताहरु रहेका छन् । शिक्षक मनोहर ज्ञवालीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन बिद्यालयकी शिक्षिका शोभा कडरिया कोइरालाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here