मगर एकता दिवसः भोलि पाल्पा जिल्लाभर बिदा

0
193

पाल्पा । मगर एकता दिवसः भोलि पाल्पा जिल्लाभर बिदाको घोषणा गरिएको छ । जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाले स्थानीय बिदाको घोषणा गरेका हुन् ।

नेपाल मगर संघ स्थापना भएको दिनलाइ मगर समुदायले एकता दिवसका रूपमा मनाउने गरेका छन् । मगर समुदायको विशेष पर्व तथा एकताको दिन भएकाले स्थानीय बिदा दिइएको पालिकाहरूले जनाएका छन् ।

मगर एकता दिवसको दिन फागुन १५ गते जिल्लाका विभिन्न स्थानका विविध कार्यक्रमको आयोजना गरिएको छ । पाल्पाको तानसेन, रामपुर, माथागढी सराई, रामपुर, बगनासकालीको चिलाङ्दी, छहरा, सत्यवतीलगायतका स्थानमा विविध कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

फोटोःमगर एकता दिवसका लागि माथागढी–३, कसेनी सराईमा निर्मित कुडुले घर । तस्बिर सौजन्य तेज घर्ती मगर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here