साढे ६ वर्षपछि रम्भाको केन्द्र टुंगो लाग्यो

0
351

पाल्पा । स्थानीय तह निर्वाचन पश्चात्को साढे ६ वर्ष पछि रम्भा गाउँपालिकाको केन्द्र र प्रशासनिक भवन निर्माण स्थलको टुंगो लागेको छ । हाल कार्यालय रहेको स्थान नजिक कार्यालय बन्ने गरि केन्द्रको टुंगो लागेको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताउनुभयो ।

५ वटा वडा रहेको यो पालिकामा ५ स्थानमा केन्द्रका लागि निवेदन परेको थियो । गाउँपालिकाले कार्यविधि अनुसार स्थायी केन्द्रका लागि आवश्यक जग्गा प्रस्तावका लागि आह्वान गरेको थियो । सोही अनुसार ५ जना सभाका सदस्यले गाउँपालिका भित्रका विभिन्न ५ स्थानमा केन्द्र बनाउनुपर्ने माग सहितको निवेदन दर्ता गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

कतै पनि दुई तिहाई मत नपुगेपछि संघीय सरकारले तोकी आएको ठाउँको ५ सय मिटर वरपर जग्गा खोजी भवन निर्माण कार्य अघि बढाउनु भनेअनुसार नै अघि बढेको अध्यक्ष भण्डारीले बताउनुभयो । संघीय सरकारले रम्भा गाउँपालिका–३, पिपलडाँडाको खोकखोलालाई केन्द्र तोकेको थियो । खोकखोला नजिक पिपलडाँडा स्वास्थ्य चौकीको दक्षिणतर्फ ७ रोपनी १ आना जग्गा चार जना दाताले दिएका छन् । पालिकाले भवन निर्माणका लागि यस वर्ष ५० लाख बजेट विनियोजन गरेको छ । फोटोः माडी भ्यु

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here