मगर एकता दिवस बगनासकाली चिलाङ्दीमा पनि सम्पन्न

0
350

पाल्पा । ४२ औं मगर एकता पाल्पा जिल्लाभर बिभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

दिवसका अवसरमा पाल्पाका १० वटै पालिकाहरुले स्थानीय बिदा दिएका थिए । बगनासकाली गाउँपालिकाको चिलाङ्दीमा पनि ४२ औं मगर दिवस कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ बगनासकालीको सहआयोजना, बगनासकाली गाउँपालिकाको सहयोग र आदिवासी समन्वय समिति बगनासकालीको आयोजना भएको कार्यक्रममा पालिका अन्तरगतका ९ वटै वडाहरुबाट फरक फरक कला संस्कृति प्रस्तुत गरिएको थियो । कौरा, झ्याउरे, ठुलो नाच लगायतका नाच र गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले मगर समुदायमा रहेको कला संस्कृति र अनुभव साटासाट गर्न यसप्रकारको कार्यक्रम सहयोगी भएको बताउनुभयो । अध्यक्ष चिदीले गाउँपालिकाले पनि बिभिन्न कार्यक्रम मार्फत मगर समुदायको स्तरोन्नतीमा सम्बोधन गर्दै आएको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले पुराना कला संस्कृति र पुराना मान्छेहरुको अनुभव अनुभुतिलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले बगनासकालीका सबै वडाहरुमा फरक फरक कला संस्कृति रहेको र ती संस्कृतिहरुको संरक्षण सम्बर्धन आजको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापाले मगर एकता दिवसले मगर समुदायको सवलीकरणमा थप टेवा पु¥याउने बिश्वास ब्यक्त गर्नुभयो । आदिवासी समन्वय समितिका संयोजक गण बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दिलिप गाहा र कलाकार हुमु रानाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here