• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 8, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

स्थानीय कच्चापदार्थबाट मसला बनाउँदै माथागढी

palpasamachar by palpasamachar
February 28, 2024
in अन्य, अर्थ र पर्यटन, शीर्ष समाचार, स्थानीय समाचार
0
स्थानीय कच्चापदार्थबाट मसला बनाउँदै माथागढी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । माथागढी गाउँपालिकाले स्थानीय कच्चा पदार्थहरुबाट निर्मित मसला उत्पादन बजारीकरण र ब्रान्डिङ कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।

प्रारम्भिक चरणमा माथागढी–कसेनीमा दालचिनी र प्रसोधन तथा मसला उद्योगको स्थापना गरिएको छ । गत आर्थिक वर्षमा उक्त भवन निर्माणसँगै प्रसोधन मेसिनरीहरुको पनि ब्यवस्था गरिएको थियो । जुन उद्योग स्थापनाका लागि गाउँलेहरुले उत्साही भएर जनश्रमदान समेत गरेका थिए । कुल २६ लाख ९५ हजार ७ सय २६ रुपैयाँको लागतमा निर्मित उद्योगमा गाउँलेहरुको तर्फबाट उक्त उद्योग स्थापनाका लागि २ लाख ४५ हजार ७ सय २६ रुपैयाँको श्रमदान भएको थियो ।

यो उद्योगबाट बिशेषतः माथागढीका महिला र युवाहरुलाई उद्यमशील बनाउने योजना गाउँपालिकाको रहेको छ । अध्यक्ष चिदीले नेपालीहरुको भान्छामा प्रयोग हुने धेरै मसला बाह्य देशबाट आयातित रहेको बताउनुभयो । चिदीले स–साना उपभोग्य वस्तु किन्दा पैसा देश बाहिर जाने र यहीं मसला बनाउदा अर्गानिक मसलाको प्रयोग गर्न पाईने र धेरैथोरै बेचेर महिला र युवाहरुले आम्दानी समेत गर्न सक्ने भएकोले पनि गाउँपालिकाले उद्योग स्थापनाका लागि कार्यक्रम बनाएको बताउनुभयो । माथागढी अदुवा उत्पादनका लागि प्रख्यात छ । यहाँ टिमुरको पनि उत्पादन छ । दालचिनी र बेसार पनि यहाँ प्रसस्त रुपमा उत्पादन हुन्छ । खुर्सानीका लागि समस्या छैन । धनियाँ पनि यही उत्पादन हुन्छ । यी स्थानीय उत्पादनहरुलाई मसला बनाई बजारीकरण गर्न सक्ने हो भने राम्रो आम्दानी हुने भएकोले पनि गाउँपालिकाले यसप्रकारको पहल थालेको अध्यक्ष चिदीले बताउनुभयो ।

गाउँपालिकाले यो उद्योगलाई थप प्रभावकारी कसरी गराउन सकिन्छ भन्ने विषयमा छलफल अगाडि बढाएको छ । स्थानीय समुदायको अपनत्व हुने गरी उद्योग समुदायमा हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । यदि त्यसो भएमा उद्योग प्रति स्थानीयको अपनत्व हुने गाउँपालिकाले आर्थिक प्राविधिक सहयोग गर्ने उहाँको भनाई छ ।

लुम्बिनी प्रदेश सरकारको सहकार्यमा गाउँपालिकामा गत आर्थिक वर्षमा संचालित नवप्रवर्तन साझेदारी कोष अन्र्तगत मसला उद्योग भवन र मेसिन खरिद गरिएको थियो । यस आर्थिक वर्षमा महिलाहरुलाई उद्यमशील बनाउने योजना रहेको अध्यक्ष चिदीले बताउनुभयो ।

यसअघि स्थानीय महिलाहरुलाई २ दिने तालिम समेत संचालन गरिसकेको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले मसला बनाउने तालिम दिइसकेको जनाइएको छ । तालिममा महिलाहरुलाई स्थानीय कच्चा पदार्थको प्रयोग गरि मसला बनाउन सिकाइएको थियो । यसरी गाउँमै मसला उद्योग खुलेपछि स्थानीय महिलाहरू पनि खुशी भएका छन् । यसअघिमा तालिममा सहभागी २० जना महिलाहरुले पालिकाले आफूहरुलाई जिम्मेवारी दिएमा कुशलतापुर्वक उद्योग संचालन गर्ने तयारी समेत गरेका छन् ।

स्थानीय हेमा दर्लामीले यो उद्योगबाट आफू जस्तै धेरै महिलाहरू उद्यमशील बन्न सक्ने बताउनुभयो । “उद्योग भएको स्थानमा पानीको ब्यवस्था पालिकाले गर्दिएर उद्योग संचालनको जिम्मेवारी हामीलाई दिनुभयो भने हामीले राम्रो गरेर देखाउ“छौं ।” उहाँले भन्नुभयो ।

तस्बिरः कसेनीमा निर्मित मसला उद्योग भवन

Previous Post

मगर एकता दिवस बगनासकाली चिलाङ्दीमा पनि सम्पन्न

Next Post

प्रभावकारी बन्दैछ बगनासकालीको अभिलेख केन्द्र

palpasamachar

palpasamachar

Next Post
बगनासकालीमा सूचना तथा अभिलेख केन्द्रको शुभारम्भ

प्रभावकारी बन्दैछ बगनासकालीको अभिलेख केन्द्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025

Recent News

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version