Site icon PALPA SAMACHAR

रम्भाको ताहुँमा १५ शैयाको अस्पताल भवन शिलन्यास

पाल्पा । रम्भा गाउँपालिका–५ ताहुँ बाहुनडाँडामा १५ शैयाको आधारभुत अस्पताल भवन निर्माणको शिलान्स गरिएको छ ।
भवनको शिलन्यास प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्य, प्रदेशसभा सदस्य खेम बहादुर सारू, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, उपाध्यक्ष राधा कुमारी श्रेष्ठ र वडा अध्यक्ष खुमकान्त बस्याल लागयतले संयुक्त रुपमा
गर्नुभयो ।

भवनको शिलन्यास गर्दै प्रतिनिधिसभा सदस्य आचार्यले यो अस्पताल निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रका नागरिकहरुले थप प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने बिश्वास व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य सारुले स्थानीय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बृद्धि हुँदै गएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भण्डारीले रम्भा गाउँपालिकाले स्वास्थ्य सेवाको क्षेत्रमा धेरै रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले यो भवन निर्माण सम्पन्न भएपश्चात प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत एकीकरण गर्दै बृहत स्तरमा स्वास्थ्य प्रवाह गर्ने बताउनुभयो ।

भवन निर्माणका लागि स्थानीय मनकारी जग्गादाताहरुले १० रोपनी ३ आना जग्गा प्रदान गर्नुभएको छ । भवनको कुल लागत ईष्टिमेट रु. १९,५३,२०,४५१.३७ मध्ये टेण्डर प्रकृयावाट मूल्यांकनमा सवै भन्दा न्यून वोल कबोल मूल्य रु.१६,३७,८९,९८१.५३ मा निर्माण व्यवसायी संग मिति २०८०।११।०२ मा दुवै पक्षवीच पालिकामा सम्झौता गरि मिति २०८३।०५।०३ मा भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यकासाथ कार्य अगाडि बढेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

Exit mobile version