Site icon PALPA SAMACHAR

बगनासकाली स्तरीय सचेतनामूलक लोकगीत प्रतियोगिता सम्पन्न

पाल्पा । बगनासकाली गाउँपालिका पाल्पामा सचेतनामूलक लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर पालिकास्तरीय महिला सञ्जालद्वारा आयोजित प्रतियोगितामा ९ वटै वडाबाट उत्साहजनक सहभागिता रहेको थियो ।

बगनासकाली गाउँपालिकाको सम्भावना, महिलाहरूका समस्या र पालिकालाई भन्नुपर्ने कुरा गीतमार्फत सहभागीले खुलेर गाएका थिए । प्रतियोगितामा प्रथम वडा नं. २ अमराई माथिल्लो आमा समूह, द्वितीय वडा नं. ४ कालिका स्वास्थ्य आमा समूह, तृतीय वडा नं. ५, चिदीकोट महिला समूह र सान्त्वना स्थान वडा नं. ७ खानीगाउँ महिला समूहले पाए ।

प्रतियोगितामा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, नि.प्रमुख प्रशासकीय अधिकृत गुनाराम खनाल, प्रवक्ता टिकाबहादुर थापा, महिला सञ्जालकी सदस्य चन्द्रकला न्यौपाने लगायतले महिलाको हक अधिकारका विषयमा आआफ्नो धारणा राख्नुभएको थियो ।

आलेप अधिकृत यादव न्यौपाने, प्रशासन शाखा अधिकृत सुजन घिमिरे र एम.आई.एस. अपरेटर भोजराज भट्टराईले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

Exit mobile version