चैत २५ गतेदेखि ३५ दिन चिलाङ्दी–बुल्ठाकी सडक बन्द

0
246

पाल्पा । बगनासकाली गाउँपालिका वडा नं. ९ चिलाङ्दी गोपाल्दी मालारानी बुल्ठाकी सडक चैत २५ गतेदेखि बैशाख ३० गतेसम्मका लागि ३५ दिन बन्द हुने भएको छ ।

यो सडक खण्डमा बगनासकाली गाउँपालिका र सडक पुर्वाधार कार्यालय माफर्त पिच गर्ने योजना रहेको छ । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालद्वारा जारी सूचनामा यो अवधिमा बैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ ।

बैकल्पिक बाटोको रुपमा बुल्ठाकी–सहकारी चोक–ढावखोला–नारायणडाँडा तथा देउराली–बराङ्दी–वडा नं. ८ कार्यालय–नारायणडाँडाको बाटो प्रयोग गर्न सकिनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here