पाल्पा आवासीय माविमा फुड फेस्टिवल तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

0
660

पाल्पा । बिद्यालय प्राङ्गणमा लस्करै स्टल राखिएका थिए । स्टलमा बिद्यार्थीहरुले छुट्टा छुट्टै परिकार बिक्रीका लागि राखेका थिए । उनीहरुले बिद्यार्थी, अभिभावक र शिक्षकहरुलाई आफ्नो स्टलमा राखिएका परिकारहरुको ब्याख्या गर्दै आफ्नो स्टलतर्फ आकर्षित गर्दै थिए । अभिभावकहरु पनि आफ्ना छोरा छोरीहरुको उक्त रचनात्मक कार्यहरु हेर्दै खुशी देखिन्थे ।
यो दृश्य तानसेन स्थित पाल्पा आवासीय माध्यमिक बिद्यालयको हो । शुक्रवार बिद्यालयमा फुड फेस्टिवल तथा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बिद्यालयका प्रिन्सिपल गोपाल पिसीले शिक्षालाई संस्कृतिमैत्री र अतिरिक्त क्रियाकलापसँगै जोड्ने अभियान अन्तरगत उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले बिद्यालयले गुणस्तरीय शिक्षासँगै साप्ताहिक रुपमा बिभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको र सबै कार्यक्रममा बिद्यार्थीहरुको उत्साहजनक सहभागिता हुने गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका वडा नं. ३ का अध्यक्ष बावुलाल शाक्यले जिल्लाको शैक्षिक विकासमा पाल्पा आवासीय माविको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यो बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीहरु अहिले देश बिदेशमा बिभिन्न गौरव गर्न लायक स्थानमा पुगेको बताउनुभयो ।

कार्यक्रममा बिद्यालयका पूर्व बिद्यार्थी एवम् नेपाली सेनाका मेजर सन्जोक कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले यस खालको कार्यक्रमले बिद्यार्थीहरुलाई रचनात्मक बनाउने बताउनुभयो ।

कार्यक्रममा बिद्यार्थीहरुले बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बिद्यार्थी अश्विन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम बिद्यालय संचालक समितिका अध्यक्ष केदारलाल श्रेष्ठको अध्यक्षता र शिक्षकद्वय कमल बस्याल र क्षितिज नेपालको संचालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here