रिब्दीकाेटमा खुल्याे पहाडी जिल्लामै पहिलाे कपडा बैंक

0
211

पाल्पाको रिब्दिकोटमा पहाडी क्षेत्रमै पहिलो क्लोथ बैङक अर्थात कपडा बैङकको शुभारम्भ गरिएको छ । क्लोथ एण्ड फुड बैङक नेपालसंगको सहकार्यमा गाउँपालिकाले बिहिवार एक कार्यक्रमको आयोजना गरि कपडा बैङकको सुरुवात गरेको हो ।                 प्रयोगमा नआउने कपडाहरुलाई संकलन गर्ने र त्यसको पुर्नप्रयोगबाट विशेस गरि कपडा बिहिनलाई निशुल्क वितरण गर्ने उद्धेश्यले कपडा बैङक सुरु गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । उनले भने, ‘समाजमा धेरै कुराको गरिबी छ त्यसमा पनि खान र लाउन पाउनु मानिसको पहिलो सर्त हुन्छ यसअन्तर्गत निशुल्क रुपमा कपडा वितरण गर्न सकिने यो तरिका वास्तवमै उपयुक्त छ त्यसैले हामिले सुरु गरेका छौँ ।’ गाउँपालिका अध्यक्ष कार्कीले यसको प्रारम्भ गर्न ढिलो भएको बताउँदै पुण्यको कामको सुरुवात गर्न पाएकोमा खुशि ब्यक्त गरे । पालिकाकामा संकलित प्रयोगमा नआएका पुराना लत्ता कपडाहरुलाई पुनः प्रशोधन अर्थात रि–साइकल गरि आवश्यकताका आधारमा मौसमअनुसार कपडा निःशुल्क वितरण गरिने अध्यक्ष कार्कीको भनाई छ ।
सङ्कलित कपडा र अन्य बस्तुलाई ‘क्लोथ एन्ड फुड’ बैङ्कले ‘रिसाइकल’ गर्नेछ । रिसाइकल गरिएका कपडाहरुलाई माग तथा स्थानीय तहको सिफारिसका आधारमा निशुल्क वितरण गरिने छ । विपन्न तथा गरिब वर्गलाई उनीहरुको घरघरमै कपडा वितरण गर्ने अभियानमा सहभागी हुन बैङ्कका अध्यक्ष कमल जिसीले अनुरोध गरेका छन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले दान गर्नका लागि कुनै अवसर र नगद नचाहिने भन्दै आफनो घर छिमेकमा रहेका कपडाहरु संकलन गरि गाउँपालिका कार्यालय परिसरमा रहेको बैङ्ककमा जम्मा गरिदिन आग्रह गर्नुभयो ।
१८७ स्थानीय तहमा कपडा बैङ्कक संचालन हुने क्रममा छ । यहि सातानै बैङ्ककले पाल्पाका विभिन्न स्थानीय तहका कपडा बिहिनलाई कपडा वितरण गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here