• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 31, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

माथागढी पूर्ण संस्थागत प्रसुती सेवायुक्त तथा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित्

palpasamachar by palpasamachar
May 13, 2024
in अन्य, शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार
0
माथागढी पूर्ण संस्थागत प्रसुती सेवायुक्त तथा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त गाउँपालिका तथा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।
माथागढी गाउँपालिका–१ चिदीपानी, २ रुप्से र ३ कसेनीलाई गत आर्थिक वर्ष २०७९/०८० मा औपचारिक कार्यक्रमका बीच पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको थियो । त्यस्तै ५ हात्तिलुङ्ग, ६ गोठादी, ७ रहवास र ८ बहादुरपुरलाई सम्बन्धित वडामै उक्त घोषणा गरी वडा नं. ४ झडेवासँगै समग्र माथागढी गाउँपालिकालाई नै पूर्ण संस्थागत प्रसुती सेवायुक्त गाउँपालिका तथा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारद्धारा जारी गरिएको “पूर्ण संस्थागत प्रसुति सेवायूक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८०” बमोजिमका मापदण्ड पुरा गरी माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका घोषणा गरिएको अध्यक्ष चिदीले बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा गरिएको खर्च खर्च नभएर लगानी भएको र त्यसको प्रतिफल क्रमशः प्राप्त हुने त्यसका लागि गाउँपालिका लागि परेको, स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउन सामुदायिक स्वास्थ्य ईकाइहरु स्थापना गरिएको, सबै बर्थिङ्ग सेन्टरलाई गुणस्तरीयताका साथ संचालनमा ल्याईएको, २ वटा एम्बुलेन्स संचालनमा रहेको जानकारी गराउनुभयो ।

गाउँपालिका भित्रका सबै वडाहरुलाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले वडा अध्यक्षहरू र स्वास्थ्य संस्था प्रमुखलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले गाउँपालिका अध्यक्ष चिदीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले माथागढी गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको लगानी फलस्वरुप यो प्रतिफल प्राप्त भएको र यसलाई जोगाउन सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्गचे, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे, स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र कुमार गिरी, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष शंकर दर्लामी थापा, सामाजिक बिकास समितिका संयोजक तथा वडा नं. १ का वडा अध्यक्ष राजकुमार पंन्थी, वडा नं. ३ का वडा अध्यक्ष तेज बहादुर घर्ती मगर, ने.क.पा.एमाले माथागढी ईन्चार्ज सन्तोष भट्टराई, ने.क.पा.माओवादीका प्रतिनिधी प्रकाश जि.सी. नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, समाजसेवी नारायण प्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त घोषणाका लागि लुम्बिनी प्रदेश सरकारको मुख्य चार मापदण्डहरू घरधुरी सर्वेक्षणबाट भेटिएका प्रोटोकल अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिलाहरु कम्तिमा ९०५ हुनु पर्ने, सुत्केरी भएका मध्ये कम्तीमा ९५५ महिलाहरुले दक्ष प्रसुतिकर्मीको उपस्थितीमा स्वास्थ्य संस्थामा नै प्रसुति गराएको हुनु पर्ने, घरमा हुने प्रसुति शुन्य हुनु पर्ने, प्रोटोकल अनुसार तीन पटक सुत्केरी जाँच कम्तिमा ९०५ हुनु पर्ने रहेकोमा माथागढी गाउँपालिकाको आ.ब. ०७९/८० मा २४२ जना गर्भवती महिलाहरु मध्ये २३७ (९८५) जनाले गर्भ जाँच गराएको, जम्मा २४२ जना गर्भवती महिलाहरु सबैले स्वास्थ्य संस्थामा प्रसुति सेवा लिएको र २४१ (९९५) जनाले सुत्केरी जाँच गराएको, त्यस्तै यस चालु आ.ब.०८०/८१ को फागुण सम्ममा १८२ गर्भवती महिलाहरु मध्ये १७९ (९८५) जनाले गर्भ जाँच गराएको, १८२ गर्भवती महिलाहरु सबैले स्वास्थ्य संस्थामा प्रसुति सेवा लिएको र १८० (९९५) जनाले सुत्केरी जाँच गराएकोले पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा सम्भव भएको स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताउनुभयो ।

Previous Post

नेपाल पत्रकार महासंघको अधिवेशन सम्पन्न, जेठ २६ गते निर्वाचन हुँदै

Next Post

६ दिवसीय कार्यक्रम सहित पाल्पामा बुद्धजयन्ती मनाइदै

palpasamachar

palpasamachar

Next Post
६ दिवसीय कार्यक्रम सहित पाल्पामा बुद्धजयन्ती मनाइदै

६ दिवसीय कार्यक्रम सहित पाल्पामा बुद्धजयन्ती मनाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025

Recent News

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version