६ दिवसीय कार्यक्रम सहित पाल्पामा बुद्धजयन्ती मनाइदै

0
254

६ दिवसीय कार्यक्रम सहित पाल्पामा पनि बुद्ध जयन्ती मनाइने भएको छ ।
बुद्ध जयन्ती मुल समारोह समिति तानसेनले २५६८ औ वुद्धजयन्तीको अवसरमा बिभिन्न कार्यक्रम गर्ने भएको हो । उक्त कार्यक्रमको बारेमा मुल समारोह समितिले तानसेनमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ ।
जयन्तीको अवसरमा यही जेठ ५ गते देखि १२ गते सम्मका कार्यक्रमहरू सार्वजनिक गरिएको छ । पहिलो दिन जेठ ५ गते बौद्ध महास्थविर बाट बौद्ध झण्डोत्तोलन गर्ने र सबैको सहभागिता प्रचार प्रसारको लागी नगर क्षेत्रमा शान्ती पदयात्रा गर्ने कार्यक्रम रहेको मुल समारोह समितिका अध्यक्ष उत्पल बज्राचार्यले बताउनुभयो ।सोही दिन विरेन्द्र पार्क तानसेन टुडिखेलमा रक्तदान कार्यक्रम, पारिलेक वन श्रीनगरमा सरसफाई, ध्यान शिविर र दिप प्रज्वलन गर्ने, श्रीनगर डवली बतासेमा बुद्ध मुर्ति अनावरण गर्ने र पाल्पा अस्पतालका विरामीहरु लाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ ।

जेठ ६ गते महावोधी विहार लहरे पिपलमा विपश्यना ध्यान अभ्यास, बौद्धटोल बौघागुम्वामा बुद्ध पुजा तथा धार्मिक कार्यक्रम संचालन हुने छ । जेठ ७ गते धर्मचक्र महाविहार तानसेनमा ज्ञानमाला भजन, शील प्रार्थना, बुद्ध पुजा र धर्मदेशना कार्यक्रम र बुद्ध संग सम्वन्धित रहेर मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता, मिशन अस्पतालका विरामीहरु लाई फलफूल वितरण, गर्ने कार्यक्रम बनाएको छ । जेठ ८ गते १७ औ भिक्षु विमलानन्द स्मृती दिवश महावोधी विहार लहरेपिपल, पारिलेक वन श्रीनगरमा सरसफाई तथा दिप प्रज्वलन, महाचैत्यविहार टक्सारमा अन्तरमावी नगर स्तरीय चित्रकला प्रतियोगिता, चिर्तंगधारा सन्तोक बौद्धगुम्वामा बौद्ध झण्डोत्तोलन, लक्ष्मी मावी तानसेमा शैक्षिक सामाग्री वितरण, आनन्द विहारमा बौद्ध सम्वन्धी साहित्य कार्यक्रम रहेका छन ।

जेठ ९ गते बुद्धविहार होलाङ्दीमा ज्ञानमाला भजन, शील प्रार्थना, बुद्ध पुजा र धर्मदेशना कार्यक्रम, महावोधी विहार लहरे पिपलमा शान्ती दिपयात्रा, सन्तोक बौद्धगुम्वा चिरतुङ्गधारामा शान्ती दिपयात्रा, महाचैत्यविहार टक्सारमा ५१ औ अन्तरमावी हाजिरी जवाफ कार्यक्रम कार्यक्रम रहेको छ ।

जेठ १० गते बौद्ध पूणिमाको दिन विहान प्रभातफेरी, जिल्लामा रहेको सबै बौद्धविहारहरुमा ज्ञानमाला भजन, शील प्रार्थना, बुद्ध पुजा र धर्मदेशना, प्रसाद भोजन कार्यक्रम, १० बर्ष सम्मका वालवालिकाहरु लाई कल्पबृक्ष दान, भगवान बुद्धको रथयात्रा तथा नगर परिक्रमा कार्यक्रम, वेलुका विहार तथा घर घरमा दिपावली गर्ने कार्यक्रम रहेको छ । जेठ १२ गते दमकडा मावीका दृष्टिविहिन विधार्थीहरु लाई भोजन दान कार्यक्रम गरेर वुद्धजयन्तीका विविध कार्यक्रम समापन गर्ने मुल समारोह समितीले जनाएको छ ।
पत्रकार भेटघाट कार्यक्रम मुल समारोह समितिका अध्यक्ष उत्पल कुमार बज्राचार्यको अध्यक्षता, निवर्तमान अध्यक्ष विरेन्द्रकाजी शाक्यको स्वागत, उपाध्यक्ष मनिन्द्र बज्राचार्यको धन्यवाद ज्ञापन र सचिव ज्ञानेन्द्रकाजी शाक्यको संचालनमा भएको थियो ।
भैरव प्रेसकाे सहयाेगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here