• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 16, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

पाल्पाको पर्यटन विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

palpasamachar by palpasamachar
May 19, 2024
in अन्य, अर्थ र पर्यटन, शीर्ष समाचार
0
पाल्पाको पर्यटन विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । पाल्पाको पर्यटन विकासका लागि अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । वातावरणीय तथा पर्यटन प्रवर्धन समूह (गेट अप पाल्पा)को आयोजनामा संचालित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले पाल्पा आफैमा पर्यटकीय जिल्ला भएपनि उचित व्यवस्थापन र प्रसारको अभावमा सोचेजति पर्यटक भित्र्याउन नसकिएको बताएका छन् । वक्ताहरुले सामान्य व्यवस्थापन गर्न सक्दा पनि पाल्पाले पर्यटनबाट धेरै फाइदा लिन सक्नेमा जोड दिएका थिए ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले तानसेन नगरपालिकाले नगर क्षेत्र भित्र रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरी यहाँ आएका पर्यटकहरुलाई केही दिन यतै बस्ने घुम्ने ब्यवस्था मिलाउने गरी योजना र कार्यक्रम बनाएको बताउनुभयो ।

उहाँले तानसेन नगरपालिकाभित्र रहेका रानीमहल, श्रीनगर, भगवती मन्दिर सहित पाल्पा दरबार संग्रहालय परिसरलाई ब्यवस्थित गराउँदै लगिने बताउनुभयो । तानसेन बतासेमा निर्माण कार्य सम्पन्न भई हाल तानसेन नगरपालिकाको स्वामित्वमा रहेको श्रीनगर डबलीलाई उपयोगी बनाउने र डबलीमा हुने बिभिन्न कार्यक्रमका माध्यमबाट पर्यटक भित्र्याउने गरी योजना बनाई सरोकारवालाहरुसँग छलफल अगाडि बढाएको बताउनुभयो ।

कार्यक्रममा संस्थाले हालसम्म गर्दैै आएको काम र प्रगतिबारे जानकारी गराउँदै गेअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले पाल्पालाई पर्यटकीय जिल्लाको रुपमा विकास र संस्थाले उचित कार्यक्रम बनाउने उद्देश्य सहित २०५६ सालदेखि गेटअप पाल्पाले पर्यटन र पर्यटकीय विकासबारे कार्यक्रम गर्दै आएको बताउनुभयो । संस्था मार्फत बिभिन्न महत्वपूर्ण पर्यटकीय स्थलहरुको ब्रोसर निर्माण, टे«किङ रुट निर्माण, होडिङ बोर्ड निर्माण, बिभिन्न ऐतिहासिक मठमन्दिरहरुको जीर्णेद्धारका लागि पहल समन्वय गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । संस्था मार्फत होम स्टे तालिम, पर्यटक गाइड तालिम सहित बिभिन्न गोष्ठी तथा अन्तरक्रिया हुँदै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिका–१का अध्यक्ष सुनिलकुमार बस्याल, वडा नं. ३ का अध्यक्ष बावुरत्न शाक्य, ४ का अध्यक्ष हेमन्तराज शर्मा, वडा नं. १२ का अध्यक्ष मेजरसिं केसी, कार्यपालिका सदस्य लक्ष्मी बिश्वकर्मा, वडा नं. ६ का सदस्य गोमा गैरेले आआफ्नो वडामा रहेका पर्यटकीय गन्तव्य, सम्भावना र वडा मार्फत हुँदै आएका पहल र कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले पाल्पा आफैमा पर्यटकीय जिल्लाको रुपमा रहेपनि आपसी समन्वयको अभावमा सोचेजति पर्यटक ल्याउन नसकिएको र आएका पर्यटकहरुलाई पनि केही यही बस्ने घुम्ने बातावरण बन्न नसकेको बताउनुभयो ।

कार्यक्रममा नाटा पाल्पाका अध्यक्ष राजिव शाहले आफ्नो संस्थाले यहाँको पर्यटन विकासका लागि महत्वपूर्ण कार्यक्रम गर्दै आएको बताउनुभयो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले सरकारी गैरसरकारी क्षेत्रको उचित समन्वयले मात्र पर्यटन विकास हुने बताउनुभयो । ढाका उद्यमी हरि रायमाझीले पाल्पाको पर्यटकीय सम्भावनाबारे उचित प्रचारप्रसार हुनुपर्ने बताउनुभयो । कार्यक्रम गेटअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठको अध्यक्षता र गेटअप पाल्पाका सदस्य एवम् पत्रकार देव पचभैयाको संचालनमा चलेको थियो ।

Previous Post

प्राध्यापकहरूको क्षमता विकास तालिम सुरू

Next Post

माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

palpasamachar

palpasamachar

Next Post
माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version