माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

0
156

पाल्पा । पाल्पा जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको आयोजनामा अन्तरमाध्यमिक तह स्तरीय ‘गणतान्त्रिक नेपालमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा महेन्द्रबोधी माध्यमिक विद्यालयका विराट केसीले प्रथम स्थान हासिल गर्नुभयो । त्यस्तै सौभाग्य मावि चिदीपानीकी स्वइच्छा ढुंगाना द्वितिय र देववाणी मावि तानसेनकी सन्जु न्यौपानेले तृतीय स्थान हासिल गर्नुभयो ।

तेस्रो भएकी छिन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १२ हजार, ८ हजार र ५ हजार नगदसहित पुरस्कार पाएका छन् ।बिजयी बिद्यार्थीहरुलाई प्रथमलाई १२ हजार नगद, द्वितिलाई ८ हजार र तृतीयलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

बिजयी बिद्यार्थीहरुलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल र शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा समन्वय समिति प्रमुख खनालले यसप्रकारको प्रतियोगिताले बिद्यार्थीहरुमा अन्तरनिहत प्रतिभाको प्रष्फुटनमा सहयोग पु¥याउने बताउनुभयो । । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख सुवेदीले विद्यार्थीहरूको अन्तरनिहीत क्षमताको विकास गर्न र वाक कलाको विकास गर्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमकै अवसरमा गत बैशाख १९ गते सम्पन्न वक्तृत्वकला प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई पनि पुरस्कार बितरण गरिएको छ । प्रतियोगितामा बेथल बोर्डिङ तानसेनकी केमिम थापा प्रथम, भुसलडाँडा मावि तानसेनकी स्वस्तिका बस्याल र दमकडा मावि दमकडाकी शिवा रानाभाट तेस्रो हुनुभएको थियो । यो प्रतियोगिताका बिजयीहरुलाई पनि क्रमशः १२ हजार, ८ हजार र ५ हजार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाईको प्रमुख सुवेदीको अध्यक्षता र शाखा अधिकृत वसन्तराज भट्टको सञ्चालनमा चलेको थियो । pic.eranimahal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here