खानीगाउँमा किसानलाई मौरी घार वितरण कार्यक्रम सम्पन्न

0
209

धातानन्द शर्मा गैरे । पाल्पा
बगनासकाली गाउँपालिका वडा नं ७ खानीगाउँमा रानीमहल मौरीपालन कृषक समूहका मौरीपालक कृषकहरुलाई प्रोत्साहन स्वरुप गाउँपालिकाको आर्थिक सहयोगमा मौरी घार र आधारचाका वितरण गरिएको छ । मौरीघार वितरण कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिका उपप्रमुख हरिप्रसाद पाठकले २९ जना कृषकलाई मौरीघार र आधारचाका प्रदान गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष मौरीपालन कृषक समूहका अध्यक्ष गिरीप्रसाद गैरेले संस्था स्थापना कालदेखिको संस्थाको गतिविधि र प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

आफ्नो मन्तव्यका क्रममा प्रमुख अतिथिले संस्थाले मौरीपालनबाट स्वरोजगार सिर्जना गर्दै उदाहरणीय प्रगति गरेकोमा कृषकहरूलाई बधाई दिनुभयो । पालिकामा रहेको बजेटको सीमितताले संस्थाले अपेक्षा गरेअनुसार सहयोग गर्न नसकिए पनि हाललाई प्रोत्साहनस्वरुप सानो सहयोग गरेकोे र भविष्यमा संस्थाले गरेको मागको अवश्य सम्बोधन गर्ने प्रतिबध्दता व्यक्त गर्नुभयो । मौरीपालनमा मौरीगोला उत्पादनमा मात्र सीमित नरही गुणस्तरीय मह उत्पादनमा केन्द्रित हुन पनि कृषकहरुलाई आग्रह गर्नुभयो । गुणस्तरीय मौरीजन्य वस्तु उत्पादन बाट संस्थाको ख्याति देश विदेशमा फैलियोस् भन्ने शुभकामना पनि दिनुभयो ।

बगनासकाली गाउँपालिकाका कृषि शाखाप्रमुख रामहरि गैरेले कार्यक्रमको उद्देशमाथि प्रकाश पार्दै खेतीपातीमा कीटनाशक विषादीको प्रयोगमा सचेत बनेर शद्ध मह उत्पादन गरी सफल मौरीपालक बन्न कृषकहरुलाई सुभाव दिनुभयो ।

बगनासकाली गाउँपालिका वडा नं ७ की वडासदस्य मिठु बिकले मौरीपालनबाट कृषकहरूको उत्तरोत्तर प्रगति होस् भन्ने शुभकामना दिनुभयो । कार्यक्रम संस्थाका सचिव केशव पचभैयाको स्वागत तथा मौरीपालक कृषक धातानन्द शर्मा गैरेको सञ्चालनमा चलेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here