रिब्दीकोटको आँखा शिविरमा ५ हजार बढी नागरिकले आँखा जाच गरे

0
194

पाल्पा । रिब्दीकोट गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरबाट स्थानीयले राम्रो फाइदा लिएका छन् । पाल्पा लायन्स लाकौल आँखा अस्पतालसँगको सहकार्यमा पालिका भित्रका १८ स्थानमा आँखा शिविर संचालन गरेर मोतियाविन्दु रोग लागेका सबै विरामीहरुलाई दुई दिने शिविर मार्फत निशुल्क रुपमा शल्यक्रिया गरिएको छ ।

“म बनाउँछु मेरो रिव्दीकोट अभियान” भएको शिविरमा ५ हजार २ सय भन्दा बढी नागरिकहरुको आँखा जाँच गराएका छन् भने १ सय ३९ जनाको निःशुल्क अपरेशन गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । पालिकाले आँखा अप्रेशन गर्ने जेष्ठ नागरिक तथा विरामी कुरुवालाई घरघरबाट ल्याउने लैजाने, खान बस्नको निःशुल्क व्यबस्था गरेको पालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो । संविधानको मुल भावना अनुसार एकै पटक पालिका भरीका ५२ सय व्यक्तिले आँखाको उपचार सेवा पाएकोे प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताउनुभयो ।

नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पतालका व्यबस्थापक सन्तोष दर्जीले आँखाको शल्यक्रिया गरेपछि नियमित हेरचाह तथा नियमित आई ड्रप लगाउने, धुलो धुवामा नजाने जस्ता काम गरेमा लामो समय सम्म आँखा देख्न सकिने बताउनुभयो । शिविर संचालन भई मोतियाबिन्दुको अपरेशन गर्न पाएपछि स्थानीय खुशी भएका छन् । २ लघुवाकी विष्णु कुमारी नेपालले गाउँपालिकाको यो कार्य नमुना भएको बताउनुभयो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले गाउँपालिकाले आगामी दिनमा पनि यसप्रकारको कार्यक्रम गर्दै जाने बताउनुभयो । उहाँले रिब्दीकोट स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई बिशेष महत्व दिई संचालन गर्दै आएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here