पाल्पाली चेली सकुन्लता गैरेको नयाँ गीत पठानको लाहुरे सार्वजनिक

0
409

पाल्पा । नेपाली लोक संगीतको क्षेत्रमा लोकप्रिय गायिकाको रुपमा रहनुभएकी पाल्पाली चेली सकुन्तला गैरेले नयाँ ठाडो भाका गीत पठानको लाहुरे सार्वजनिक गर्नुभएको छ ।

उहाँको यो गीत हालै युट्युवमा सकुन्तला गैरे अफिसियल च्यानलमा मार्फत सार्वजनिक गरिएको हो । “म त लाहुरे साइली इन्डिया पठान”को बोलको उक्त गीतमा लोकप्रिय तथा चर्चित गायक कुशल बेल्वासे र गायिका स्वयम् सकुन्तला गैरेको स्वर रहेको छ । जसमा शब्द संगीत गायिका गैरेकै रहेको छ । त्यस्तै एरेन्ज बिश्वास नेपालले गर्नुभएको छ ।

गायिका गैरेले यसअघि माइती गाउँलाई सम्झेर बजारमा ल्याउनुभएको थपनाको बर गीत चर्चित छ । जुन गीतले उहाँलाई नेपाली संगीत प्रेमीहरुमाझ चिनाएको थियो । यो सँगै  उहाँले गाउनुभएका तारा, झल्को धेरै भो, झल्को मायाको, तुलसा आरती लगायत गीत बजारमा आइसकेका छन् । तीज, दशै लगायतका गीतहरुमा उहाँले स्वर दिनुभएको छ । त्यस्तै भजनमा पनि उहाँको स्वर रहेको छ । लाइभ दोहोरीमा पनि गायिका गैरे उत्तिकै चर्चित हुनुहुन्छ ।

उहाँको नयाँ गीत पठानको लाहुरे हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here