• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home मनोरञ्जन अन्य

१२ बुँदें तानसेन घोषणा पत्र जारी गर्दै संगठनको २३ औं परिषद सम्पन्न

palpasamachar by palpasamachar
July 1, 2024
in अन्य, शीर्ष समाचार, स्थानीय समाचार
0
१२ बुँदें तानसेन घोषणा पत्र जारी गर्दै संगठनको २३ औं परिषद सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
पाल्पा । नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पाको २३औं जिल्ला परिषद् एवम् प्रशिक्षण कार्यक्रम एक भब्य समारोह बीच १२ बुँदें तानसेन घोषणा पत्र जारी र शिक्षक सम्मान सहित सम्पन्न भएको छ । संगठनका सल्लाहकार भीमलाल बस्यालले प्रस्तुत गर्नुभएको तानसेन घोषणा पत्रमा 
१. शिक्षक संगठनलाई सशक्त, सुदृढ र क्रियाशिल बनाउन पाल्पा जिल्लाका १० वटा पालिकामा संगठन सुदृढिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
२.शिक्षामा गुणस्तरीयता कायम गर्न आवश्यक प्रशिक्षण, तालिम तथा असल शैक्षिक अभ्यासको आदान प्रदान गरिनेछ ।
३.संगठन सुदृढ र विस्तारका लागि सबै पालिकाको वडाहरुमा संगठन निर्माण र प्रशिक्षण सञ्चालनमा प्राथमिकता दिइनेछ ।
४. हाम्रो शिक्षक भनव हामी आफै बनाउनेछौं, भन्ने अभियान सञ्चालन गरी शिक्षक भवन निर्माण योजना अगाडि बढाइनेछ ।
५. विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने कामले शिक्षक संगठन सुदृढ हुन्छ भन्ने विश्वासका साथ राम्रो विद्यालय बनाउने कामलाई संकल्प गरी निरन्तर अगाडि बढाइनेछ ।
६. सामुदायिक विद्यालयमा दरबन्दी कटौती र विद्यालय समायोजनमा जोड दिने होइन । दरबन्दी नपुगलाई पुरा गर्ने र विद्यालयको चौतर्फी विकासमा सरकारी लगानी बृद्धि गर्दै लैजान सरकारलाई ध्यानाकर्षण तथा दवाव सृजना गरिनेछ ।
७. सरकारबाट निर्णय र निर्देशन जारी गर्दै पञ्चायतकालिन शिक्षा ऐन २०२८ कायम राख्ने तदर्थमा नेपालको विद्यालय शिक्षा सञ्चालन गर्ने होइनकी विद्यायल शिक्षामा देखिएका तमाम समस्या समाधान गर्ने गरी गतबर्ष २०८० मा भएको नेपाल शिक्षक महासंघको आन्दोलनले उठाएका मुद्धा सम्बोधन गर्ने विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्न नेपाल सरकारलाई दबाब सृजना गरिनेछ ।
८. राहत, साविक उमावि, प्राविधिक धार, संघीय अनुदान शिक्षक, बालबिकास र विद्यालय कर्मचारीहरुको स्थायित्वका लागि सम्बन्धित निकायसँग यथासिघ्र पहल गर्न दबाबको लागि नेतृत्वदायि भूमिका निर्वाह गरिनेछ ।
९. नेपाल शिक्षक महासंघको वर्तमान केन्द्रिय नेतृत्वमा देखिएको समस्या यथासिघ्र समाधान गर्न र राष्टिय समिति पुनःगठन गर्न सक्रिय र दरिलो दबाब सृजना गरिनेछ ।
१०. संगठनका विविध कार्य सञ्चालनमा समय अनुसार प्रविधि मैत्री गर्ने कामलाई प्राथमिकतामा राखिनेछ ।
११. नेपाल राट्रिय शिक्षक संगठन पाल्पाको कार्य सम्पादनमा उत्कृष्ठ पालिकाहरुलाई प्रोत्साहन र पुरस्कृत गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
१२. विश्व शान्तिालाई चुनौति दिदै तेस्रो विश्व युद्धको खतरा तथा आभाष दिनेगरी अमेरिका र पश्चिमा राष्टहरुले हतियार व्यापार चलाउँदै सञ्चालन भइरहेको रुस युक्रेन युद्ध, इजरायल र प्यालेस्टाइन हमास युद्ध तत्काल रोकी शान्ति वार्ता मार्फत समस्या समाधान गर्ने पक्षमा संयुक्त राष्ट्रसंघ मार्फत कार्य सम्पन्न गर्न आवाज उठाइ दवाव सृजना गर्न सक्रियता देखाइनेछ ।
संगठनका जिल्ला अध्यक्ष मोहन प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामप्रसाद ढकालले विगतमा आन्दोलनको उपलब्धी नेतृत्वका कारणले असफल भएको भन्दै अहिलेको सरुवा प्रणाली संविधान विपरित रहेको बताउनु भयो । उहाँले आम शिक्षकहरु संगठनमा आवद्ध भइ आन्दोलनको विकल्प नरहेको समेत बताउनु भयो । कार्यक्रममा पाल्पा निर्वाचन क्षेत्र नं १ का नारायण प्रसाद आचार्य, निर्वाचन क्षेत्र नं २ का ठाकुर प्रसाद गैरे, प्रदेश सभा सदस्य खेम बहादुर सारु, पेशागत महासंघ राष्टिय उपाध्यक्ष सुशीला श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्ती लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक एवम् कार्यक्रमका प्रशिक्षक वाइपि आचार्यले  विद्यालयको परीक्षामा कम अंक आएपनि जिन्दगीको परीक्षामा उत्तीर्ण हुनुपर्ने रोचक प्रसंग उल्लेख गर्नुभयो । अहिले नेपालमा डिजिटल क्रान्ति भइरहेको बताउँदै ए आइ इन्टेलिजेन्स्, ट्वेन्टी डेज् जेनरेशन, बौद्धिक साम्राज्यवाद, सामाजिक सञ्जालको लतले पुर्याउने नोक्सान, सूचनाको बाढीमा गलत सूचनाको प्रभावलगायतका विषयमा चर्चा गर्नुभयो ।
कार्यक्रममा जिल्लाका २४ जना बढी शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रम शिक्षक संगठन पाल्पाका उपाध्यक्ष हीरा आचार्यको स्वागत र सचिव हरिप्रसाद घिमिरेको सञ्चालमा चलेको थियो ।
झविन्द्र देवकोटाबाट
Previous Post

प्रेस चौतारीको जिल्ला भेला तथा बधाई कार्यक्रम सम्पन्न

Next Post

राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगितामा दोस्रो स्थानमा पाल्पाका नारायण तिमिल्सेना

palpasamachar

palpasamachar

Next Post
राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगितामा दोस्रो स्थानमा पाल्पाका नारायण तिमिल्सेना

राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगितामा दोस्रो स्थानमा पाल्पाका नारायण तिमिल्सेना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025

Recent News

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version