Site icon PALPA SAMACHAR

राष्ट्रिय स्तरको भारोत्तोलन प्रतियोगितामा दोस्रो स्थानमा पाल्पाका नारायण तिमिल्सेना

पाल्पा । राष्ट्रिय स्तरको भारत्तोलन प्रतियोगितामा पाल्पाका नारायण तिमिल्सेना दोस्रो हुन सफल हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् द्वारा आयोजित पारा तथा विशेष खेलकुद प्रतियोगिता अन्तर्गत दुई दिन चलेको भारत्तोलन प्रतियोगिता असार १८ गते सम्पन्न भएको छ । उक्त प्रतियोगितामा विशेष क्षमता भएका करिव ५० जना व्यक्तिहरुको सहभागीता
थियो । न्युनतम ५९ देखि अधिकतम ९० केजी समूह बीच भएको उक्त प्रतियोगितामा पाल्पा बगनासकाली गाउँपालिका–८ बराङ्दीका नारायण तिमिल्सेनाले ७२ के जी समूह अन्तर्गत ८० किलो भारोत्तोलन गरी नेपालमै दोस्रो हुन सफल हुनुभएको हो ।

खेलकुद क्षेत्रमा पहिले देखि नै रुची भएता पनि उपयुक्त अवसर, सहि र समयमै सूचना नपाउनाले यस्तो खालको प्रतियोगिता हुन्छ भन्ने मलाइ थाहा नै थिएन । यस किसिमको खेल हुन्छ भन्ने थाहा पाएको करिव पाँच वर्ष मात्रै तर अभ्यास गर्ने स्थलको अभाव र सुचना प्रदायक निकायको पहुच ग्रामिण तह सम्म पुग्न नसक्नु, जिल्ला र स्थानिय स्तरमा यस किसिमका प्रतियोगिताहरु आयोजना नहुने हुँदा सहभागी हुने र जित्ने भन्ने कुरा अभसम्भव जस्तै थियो । तिमिल्सेनाले भन्नुभयो ।

प्रतियोगिताको सूचना पाई सके पछि पनि गाउँमा अभ्यास गर्ने ठाउँ थिएन । म करिव एक वर्ष घर देखि तानसेनसम्म यसै तयारीका लागि चार पांग्रे स्कुटर मार्फत आउने जाने गर्न थाले । त्यही बेला मैले १२० केजी सम्म पनि भारोत्तोलन गर्न सक्थे । तर, अभ्यासकै क्रममा हातको पाखुरामा समस्या आए पछी मैले अभ्यास गर्न छाडे । उहाँले भन्नुभयो ।

२ वर्ष अघि म कामको सिलसिलामा काठमाडौं पुगे, बिस्तारै काठमाडौमा बस्ने वातावरण मिल्दै गयो । त्यसपछि नजिकैको जिम हाउसमा जान सुरु गरे, पुनः मलाइ डेङुको संक्रमणले समात्यो । अभ्यास रोकियो , विचमा समय र स्वास्थले साथ दिएन । उहाँले भन्नुभयो । पछिल्लो एक महिना देखि मैले अभ्यास गरे । र एक महिनाको अभ्यास मात्रैले म आफ्नो उमेर समूह मध्ये नेपाल द्वितीय हुन सफल भए । म सम्पुर्ण फरक क्षमता भएका साथीहरुलाइ सुझाव र हौसला दिन चाहान्छु । उहाँले भन्नुभयो । उहाँले ९ वर्ष अघि हातमा सबैभन्दा धेरै २४ वटा टेनिस बल राखेर विश्व कृर्तिमान कायम राख्न सफल हुनुभएको थियो ।

 

Exit mobile version