स्वदेशकै आम्दानीमा सन्तुष्ट छन् चिर्तुङ्धाराका खनाल दम्पत्ती

0
219

पवित्रा पराजुली । पाल्पा
बगनासकाली गाउँपालिका वडा नं. १ चिर्तुङधाराका रामकृष्ण खनाल र उहाँकी श्रीमति सीता खनाल को दिनचर्या बारीमै ब्यतित हुन्छ । उहाँको बासस्थान तर्फ जादा चिटिक्क परेको घर, वरिपरीको खेतबारीमा हरियाली देख्न सकिन्छ । मौरीको गोलाले घरलाई घेरेको छ भने, खेतबारीमा विभिन्न तरकारीका बेर्ना देखि लिएर,तरकारी लहरेबारी, मकै, सुर्यमुखीले ढपक्कै ढाकेको छ । त्यहाँ पुग्ने जो कोहीलाई उहाँहरुको मेहनतले लोभ्याउँछ ।

दम्पती मिलेर करिव ४ रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी,अन्य वाली साथै मलका लागि गोठमा दुइवटा भैसीसमेत पाल्नुभएको छ । मौरी पालेका कारण अर्गानिक तरकारी उत्पादन गर्नुपर्ने र अर्गानिक तरकारीको बजारीकरण गर्न समस्या हुने गरेको खनालको गुनासो छ । निर्वाहमुखी तरकारी खेती गर्ने खनालले २०६८ सालमा आइ बि एम कृषक पाठशाला पढेपछि भने व्यबसायिक खेती गर्न थाल्नुभयो । माटोमै रमाउने स्वाभाव बोकेका खनाल र उहाँकी श्रीमतिले तरकारी खेती गरेर नै तीन छोराछोरीको पढाई पूरा गर्दिनुभयो । तरकारी खेतीको आम्दानीले छोराछोरी पढाउन र घर खर्चका लागि राम्रो गरी पुगेको रामकृष्णले बताउनुभयो ।

मौरीको गोला, मह,तरकारी र अन्य खेती बाट बार्षिक दुई दुई लाख गरी बर्षको ७,८ लाख कमाउन उहाँलाई कुनै समस्या छैन । मेहनत गर्ने हो भने मेहनत अनुसारको फाइदा पनि लिन सकिन्छ उहाँले भन्नुभयो ।

बगनासकाली गाउँपालिका समेत गाउँपालिकाको ९ वटै वडामा कृषकलाई व्यबसायिक बनाउन अनुदानका कार्यक्रम ,तालिम र पकेट क्षेत्र बनाएरै कार्यक्रम संचालन गरेको जनाएको छ । यो आर्थिक बर्षमा मात्रै गाउँपालिकामा कृषिका लागि संघबाट ३० लाख २४ हजार प्रदेशबाट १ लाख ५० हजार र पालिकाबाट ४० लाख ३० हजार बजेट विनियोजन भएको थियो । कृषि क्षेत्र र कृषकको माग बमोजिम बिभिन्न कार्यक्रमहरू गाउँपालिकाले संचालन गर्दै आएको र यसबाट किसानहरू पनि लाभान्वित हुनुभएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।

पाल्पामा उत्पादन भएका तरकारीहरु बजारीकरणका लागी जिल्लाको तानसेन बजार, स्याङ्जा पोखरा, बुटवल ,भैरहवा,काठमाडौं सम्म पुग्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here