• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, June 3, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

पाल्पाली सांसद गैरे सभापतिमा निर्विरोध निर्वाचित

palpasamachar by palpasamachar
August 15, 2024
in शीर्ष समाचार
0
पाल्पाली सांसद गैरे सभापतिमा निर्विरोध निर्वाचित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । संघीय संसद्को एक समितिको सभापतिमा पाल्पाली सांसद ठाकुरप्रसाद गैरे निर्विरोध निर्वाचित हुनुभएको छ ।

सांसद गैरे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो । सांसद गैरे पाल्पा निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

बिहीबार सांसद गैरे समितिको सभापति निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्यले घोषणा गर्नुभएको हो । निर्वाचित सभापति गैरेले सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण समेत गर्नुभएको छ ।

ठाकुर गैरेको परिचय

साविक बराङ्दी गाविस वडा नं ८ बेलौतीखरक हालको बगनासकाली गाउँपालिका वडा नं ८ बराङ्दीमा २०२५ साल जेठ ६ गते आमा मोनिकर्ण गैरे र बुवा शोभाकर गैरेको कोखबाट जन्मनुभएका ठाकुर गैरे गत प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको उम्मेदवारको रुपमा पाल्पा क्षेत्र नं. २ बाट बिजयी हुनुभएको हो ।

४ दाजु भाई र ४ दिदी बहिनी मध्ये गैरे साइलो भाइको रुपमा रहनुभएको छ । गैरेका १ छोरी १ छोरा छन् । सामान्य परिवारमा जन्मिनुभएका गैरेको नेपाली राजनीतिक तथा सामाजिक आन्दोलनमा महत्वपूर्ण भूमिका छ । गैरेले माध्यमिक तहको शिक्षा बेद मावि बराङ्दीबाट पूरा गर्नुभयो । बिद्यालमया स्तरमा रहँदा नेपाल स्काउट, नेपाल रेड्क्रस सोसाइटी, परोपकार संघ नेपाल, चारपाते युवा क्लव, गाउँले युवा क्लव लगायतका संघ संस्थामा रही बिभिन्न रचनात्मक क्रियाकलाप र समाजसेवा मार्फत गैरेले आफ्नो बेग्लै पहिचान बनाउनुभएको थियो । उहाँ बेद माविमै अधययन गर्ने क्रममा गाउँमा रचनात्मक क्रियाकलाप संचालन गर्ने, अनेरास्ववियुमा संगठित भई समाजमा ब्याप्त बिकृति बिसंगतिका बिरुद्ध बिभिन्नि कृयाकलापहरु आन्दोलनहरुमा संलग्न हुने क्रममै राजनीतिक हिसावले संगठित हुनुभएको थियो ।

२०४७ सालमा तत्कालीन नेकपा मालेको संगठित सदस्यता लिएपछि राजनीतिमा निरन्तर क्रियाशील रहनुभएको छ । विद्यालयमै रहँदा गाउँमा परिवर्तनको पक्षमा जागरण पैदा गर्नको लागि ५० रुपियाँको तमसुक, शहीदकी आमा, जस्ता विषयहरुमा नाटकमा अभिनय गर्ने, बिभिन्न साँस्कृतिक अभियान संचालन गर्ने आदि कार्यमा पनि उहाँको भूमिका महत्वपूर्ण थियो ।संगठित जीवनको ३२ वर्ष पछि पहिलो पटक संसदीय उम्मेद्वार बन्नुभएका गैरे बिद्यालय तहबाट नै अनेरास्ववियुमा संगठित भई राजनीतिक परिवर्तन र शैक्षिक आन्दोलनमा समेत क्रियाशील हुनुहुन्थ्यो ।

राजनीतिक क्रियाशीलता
गैरे उच्च शिक्षा अध्ययनको क्रममा त्रिभुवन बहुमुखी क्याम्पसमा रहँदा स्वतन्त्र बिद्यार्थी युनियनमा २०४९ र २०५१ मा स्ववियुको सचिवमा निर्वाचित हुनुभएको थियो । २०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष, २०५३ सालमा केन्द्रीय कमिटि सदस्य, केन्द्रीय कमिटिको सचिवालय, केन्द्रीय सचिव, केन्द्रीय महासचिव हुँदै २०६३ मा केन्द्रीय कमिटिको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

अनेरास्ववियुको राजनीतिसँगै २०६६ मा भएको नेकपा एमालेको बुटवलको आठौ महाधिवेशन र नवौ महाधिवेशनबाट केन्द्रीय कमिटि सदस्य र दशौं राष्ट्रिय महाधिवेशनबाट पुनःकेन्द्रीय कमिटि भारी मतका साथ बिजयी हुुनुभयो । उहाँ हाल पार्टीको पालिट्ब्युरो सदस्यको रुपमा रहनुभएको छ ।

आन्दोलनमा सक्रियता
२०४६को जनआन्दोलन, २०६२/०६३ को पुजीबादी राजनीतिक क्रान्तिको आन्दोलनमा गैरेको नेतृत्व महत्वपूर्ण छ । सबैका लागि निःशुल्क र समान शिक्षा, गुणस्तरीय शिक्षाको पक्षमा अनेरास्ववियुको नेतृत्वमा भएको आन्दोलन र संयुक्त शैक्षिक आन्दोलनको नेतृत्वको नेतृत्वमा उहाँले अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।

विद्यार्थी आन्दोलन अन्र्तगत बिद्यार्थीको यातायातमा सहुलियत आन्दोलन, कालापानी मार्च, मातृभुमिको सन्देश अभियान, सुस्ता बचाउ अभियान, मेची देखि महाकालीसम्म भारतले गरेको सिमा अतिक्रमणका बिरुद्ध मेची महाकाली राष्टिय अभियानमा गैरेले नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको थियो ।

सप्तरीको तिलाठीमा भएको भारतीय हस्तक्षेप र स्थानीय जनताहरु माथि भएको आक्रमणमा घाइते भएकाहरुको रक्षा र त्यस बिरुद्धको आन्दोलनमा गैरेले नेतृत्व दायी भूमिका निर्वाह गर्नुभएको थियो । शाहज्यादा युवराज पारसले गायक प्रविण गुरुङको हत्या गरेपछि हत्यारालाई कारवाहीको माग गर्दै ५ लाख २३ हजार हस्ताक्षर संकलन गरि तत्कालीलन राजा बिरेन्द्रलाई बुझाइएको ऐतिहासिक आन्दोलनको नेतृत्व अनेरास्ववियुको सचिव रहँदा गैरेले नै गर्नुभएको थियो । त्यस्तै पेट्रोलियम पदार्थ, महंगी, भ्रष्टचार बिरोधी आन्दोलनहरुको समय समयमा उहाँको नेतृत्व महत्वपूर्ण छ ।

भारतीय नाकाबन्दी बिरुद्ध देश ब्यापी आन्दोलनको सृजना गर्ने, राष्ट्रिय स्वाधिनताको अभियान संचालन गरि सिंहदरबारदेखि संयुक्त राष्ट्र संघको अफिस पुल्चोकसम्म मानव साङलो प्रर्दशन गर्ने, नाकाबन्दी बिरुद्ध अभियान सञ्चालन गर्नेमा उहाँको भूमिका महत्वपूर्ण छ । एनसेल कर छली प्रकरण बिरुद्धको आन्दोलनको नेतृत्व गरि कर बुझाउनुपर्ने परिस्थितिको निर्माण गर्नेमा गैरेको भूमिका महत्वपूर्ण छ ।

 

Previous Post

कविता – आसुले नै संसार किन्छिन् नारी

Next Post

पाल्पाको लाखे नाच पोखरामा देखाइदै

palpasamachar

palpasamachar

Next Post
पाल्पाको लाखे नाच पोखरामा देखाइदै

पाल्पाको लाखे नाच पोखरामा देखाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025

Recent News

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version