गाउँमै संकलन केन्द्र बन्ने भएपछि ख्याहाका किसान खुशी

0
177

रामप्रसाद न्यौपाने । पाल्पा
आफ्नो बारीमा उत्पादन भएका तरकारी एवमु फलफूल जन्यवस्तुहरु सहज बजार नभएका कारण खेर गएको अवस्थामा गाउँमै संकलन भई बिक्री बितरण हुने भएपछि रिब्दीकोट–१ ख्याहाका किसानहरु खुशी भएका छन् ।

ख्याहामा रहेको प्रगतिशील राम जानकी कृषि सहकारी संस्थाले तरकारी तथा फलफुल जन्य वस्तुको संकलन तथा बिक्री केन्द्रको सञ्चालन गर्न आयोजना गरेको सरोकारवालाहरुको भेलाले यही भदौ १८ गते देखि संकलन केन्द्रको सुरुवात गर्ने निर्णय गरेपछि किसानहरु खुशी भएका हुन् ।

भेलाका प्रमुख अतिथि एवम् वडाध्यक्ष चिरञ्जीवी पोखरेलले वडाले गरेका कामको जानकारी गराउँदै संकलन केन्द्रले किसानलाई स्वरोगार बनाउँदै आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा रेडा पाल्पाका कार्यकारी निर्देशक लिला कार्कीले आफ्नो परियोजनाबाट संकलन केन्द्र लाई आवश्यक पर्ने सामाग्री ,बीउ बिजन र प्राविधिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । भेलामा राजनैतिक दलका प्रमुख, वडा स्थित सहकारीका प्रमुख,अगुवा कृषक हरुले स्थापना हुने केन्द्रको दिगोपनमा ध्यान दिनु पर्नेमा जोड दिँदै यसले आर्थिक उपार्जनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । भेला सहकारीका अध्यक्ष तुल्सी प्रसाद न्यौपानेको सभापतित्वमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here