लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्रीद्वारा पत्रकार महासंघमा अक्षयकोष स्थापना

0
251

पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले आफ्नो स्वर्गीय पिताको स्मृतिमा अक्षयकोषको स्थापना गर्नुभएको छ ।

उहाँले आफ्नो पिता स्वः जंग बहादुर सारुको स्मृतिमा नेपाल पत्रकार महासंघ पाल्पा शाखा मार्फत परिचालन रहने गरी २५ हजार ५ सय २५ रुपैयाँको अक्षयकोष घोषणा गर्नुभएको हो । उक्त रकमबाट आउने ब्याजबाट पाल्पामा रही स्वास्थ्य र शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्ने गरी मन्त्री सारुले अक्षयकोषका घोषणा गर्नुभएको हो ।

उहाँले तानसेनमा आयोजित पत्रकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा उक्त अक्षयकोष घोषणा गर्नुभएको हो । लामो समय पाल्पाको शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान गर्नुभएका सारू हालै लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा नियुक्त भएको हो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले मन्त्री सारूले यस अघि पाल्पाली पत्रकारिता क्षेत्र र नेपाल पत्रकार महासंघलाई सहयोग र समन्वय गर्दै आउनुभएको बताउनुभयो । उहाँले उक्त अक्षयकोष घोषणा भएको र दुई पक्षीय सम्झौता पश्चात अक्षयकोष कार्यान्वयन हुने बताउनुभयो । अध्यक्ष रानाले अक्षयकोष स्थापना गर्नुभएकोमा मन्त्री सारुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here