भगवती रथयात्रा झाकी र्‍यालीमा सेन्ट कपितानियो स्कुल प्रथम

0
50

पाल्पा । तानसेनमा गत साता सम्पन्न २०५ औं रणउजीरेश्वरी भगवती रथयात्रामा उत्कृष्ट झाकी
र्‍याली प्रस्तुत गर्ने संघसंस्थालाई सम्मान गरिएको छ । झाकी र्‍यालीमा प्रथम हुन सफल सेन्ट कपितानियो विद्यालयलाई रूपैयाँ १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ । साहारा कला केन्द्र द्वितिय भएको छ । द्धितियलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै तृतीय हुन सफल मोहन कन्या माध्यमिक विद्यालयलाइ ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको मन्दिरका सचिव प्रकाश नाथ गंगोलले बताउनुभयो । भगवती गुठीका अध्यक्ष अशोक महर्जनले यो बर्ष देखि झाकी र्‍यालीमा सहभागीहरूलाई थप उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले पुरस्कृत गरिएको बताउनुभयो । भगवती जात्रा राष्ट्रियता,विरता ,धिरता र रणकौशलको इतिहास जोडिएको जात्रा रहेको र यो समग्र देशवासी कै गौरबको गाथा जोडिएको रथयात्रा रहेको उहाँले बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here