Site icon PALPA SAMACHAR

पाल्पामा शहरी क्षेत्रका बालबालिकामा कुपोषण समस्या बढी

पाल्पा । सदरमुकाम समेत रहेको तानसेन नगरपालिकाभित्रै कुपोषणका बालबालिका बढी भेटिएका छन् ।

पाल्पाका २ नगरपालिका र ८ वटा गाउपालिकामध्ये तानसेन नगरपालिका र रामपुर नगरपालिका भित्र बढी कुपोषणका बालबालिका फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । स्वास्थ्य कार्यालय पाल्पाले १० स्थानीय तहका ४ हजार ८ सय ३१ जना बालबालिकाको कुपोषणको अवस्था परीक्षण गरेको थियो । रामपुर नगरपालिकामा १३ जना र तानसेन नगरपालिकामा ७ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको डा. गिरीले बताउनुभयो । बगनासकाली गाउपालिकामा ४ जना, निस्दी गाउपालिकामा २ जना, तिनाउ र रम्भा गाउपालिकामा १/१ जना गरी जिल्लाभर जम्मा २८ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको उहाले बताउनुभयो ।

यसरी कडा कुपोषण देखिएका बालबालिकाहरुलाई थप उपचारका लागि पुनस्थापना केन्द्र पठाइएको उहाँले बताउनुभयो । सामान्य खालका कुपोषण देखिएका बालबालिकाका अभिभावकहरुलाई समेत परामर्श प्रदान गरिएको डा. गिरीले बताउनुभयो । ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रका बालबालिकामा बढी कुपोषणको अवस्था देखिएको डा. गिरीले बताउनुभयो । दैनिक पत्रु खानाका कारण यसरी कुपोषणको समसय देखिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय तयारी खाना, जस्तै चाउचाउ, बिस्कुट, चाउमिन, मम, लेज कुरकुरे जस्ता खानेकुरा बालबालिकालाई खुवाउदा कुपोषणको समस्या बढेको उहाँले बताउनुभयो । कुपोषणको सुधारका लागि परम्परागत र घरमै बनाएका खानेकुरा, हरियो सागपात, फलफूल बालबालिकालाई खुवाउनुपर्ने डा. गिरीले बताउनुभयो । सांकेतिक तस्बिरः गुगल

 

 

Exit mobile version