जिल्ला समन्वय तथा सल्लाहकार समितिको बैठक सम्पन्न

0
108

पाल्पा । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा दिगो शान्तिका लागि उन्नत सम्वन्ध कार्यक्रम अन्तरगत जिल्ला समन्वय तथा सल्लाहकार समितिको बैठक तानसेनमा सम्पन्न भएको छ ।

बैठकमा संस्थाकी मध्य क्षेत्र क्षेत्रीय संयोजक रिता मानन्धरले संस्थाले गर्दै आएको काम र पाल्पा जिल्लामा प्राकृतिक श्रोत द्वन्द्व समाधानमा संस्थाको भूमिका बिषयमा जानकारी गराउनुभएको थियो । उहाँले पाल्पाका ४ वटा स्थानीय तहमा प्राकृतिक श्रोत द्वन्द्व समाधानको काम भइरहेको बताउनुभयो । माकुरा समूह बनाई स्थानीय स्तरमा रहेका द्वन्द्वहरुलाई दुबै पक्षको समझदारीमा सहजीकरण गरी समाधान गर्ने गरिएको उहाँले बताउनुभयो । संस्थाले मेलमिलाप अभियान समेत चलाइरहेको उहाँले बताउनुभयो ।

रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले यो संस्थाले रम्भा गाउँपालिकासँग समन्वय र सहकार्य गरी काम गरिहेको बताउनुभयो । उहाँले विवाद निरुपणको सन्दर्भमा यो संस्थाको गर्दै आएको भूमिका प्रशंसनीय रहेको र संस्थासँगको अन्य आवश्यक साझेदारीका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले स्थानीय तहमा रहका प्राकृतिक श्रोत सम्बन्धी विवाद समाधानका लागि यो संस्थाले गर्दै आएको काम प्रभावकारी रहेको बताउनुभयो । उहाँले अघिल्लो वर्ष गाउँपालिकाको नीति कार्यक्रममै यो संस्थासँगको सहकार्यतालाई समेटेर संस्थासँग समन्वय गर्दै आएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरे, डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराई, जिल्ला प्रशासन कार्यालय पाल्पाकी अधिकृत रमा श्रेष्ठ, नेपाल बार एसोसिएसन पाल्पाकी सचिव शान्ति बस्याल लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षता र संस्थाका अभियानकर्मी थर्कराज गैरेको संचालनमा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here